शिवको झटारो वर्षा राउतलाई ? भन्छन् ‘डबिङमा समय नदिने कलाकार नै हैन’ (भिडियो सहित)

इनेप्लिज २०७७ माघ ४ गते १३:३७ मा प्रकाशित

ईटहरी /पछिल्लो समय नेपाल लगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाब निकै पर्न गयो।देशका धेरै व्यापार ब्यबसाय देखि लिएर फिल्म क्षेत्रमा पनि नकारात्मक असर पर्यो । कुनै पनि फिल्म हलमा प्रदर्सन हुन सकेनन।तर पनि नया-नया म्युजिक भिडियोले भने बजारमा राम्रै भाउ कामाउन सफल भयो। बिस्तारै देशमा लकडाउन खुले संगै विभिन्न हलहरुमा नया फिल्म लगाउनु पर्छ भन्ने फिल्मकर्मीहरुको आवाज उठ्यो।

तर हलमा दर्शकहरु आउने नआउने भन्ने अन्योलता समेत भयो,तर माघ १ गते बाट नेपाली फिल्म “एउटा यस्तो प्रेम कहानी” देशका बिभिन्न हलहरुमा प्रदर्शन गरियो।चलचित्रका अभिनेता तथा फिल्म निर्माता शिव श्रेष्ठले अब फिल्म उधोग पनि चलायमान हुनु पर्छ भनेर सरकार समक्ष पहल गरे पछि हल संचालनमा सरकारले अनुमति दिएको हो।फिल्म प्रदर्शन हुदै गर्दा शिव पुर्व पनि आए।बजारमा चलेका केही हल्ला र फिल्मका बारेमा हामिले कुरा गरेका छौ।हेर्नुस् भिडियो ।

कुराकानिका दौरानमा उनले डबिङमा समय नदिने कलाकार,कलाकार नै हैनन भन्न समेत भ्याए।हुन पनि हो।यो कुरा सिधै वर्षा राउत तिर पनि जान्छ। किनकी, फिल्ममा बर्षाको अभिनय छ तर उनको आवाज छैन।उनको आवाजको ठाउमा अरु कसैको आवाज डबिङ गरिएको छ।जस्ले गर्दा उनको अभिनय पनि फितलो त भईनै हाल्यो यता फिल्मको गुणस्तर पनि घट्यो।केही कलाकारलाई पारिश्रमिक नदिएको समेत हल्ला छ।बर्षा यसैको चपेटामा परेको पनि हुन सक्छ।

उनको मात्र हैन फिल्ममा अन्य केही कलाकारहरूको पनि रियल आवाजलाई महसुस गर्न सकिँदैन।केही मिडियामा फिल्म छायांकन सम्पन्न नै नभै प्रदर्शनमा आएको भन्ने कुराहरु आएपछि हामिले त्यो प्रश्न पनि श्रेष्ठलाई गर्दा सो कुरा सिधै अस्विकार गरे।उनले मिडिया गलत हैन सो कुरा भन्ने मान्छे गलत हो भने। फिल्म हलहरुमा दर्शक संगै बसेर पुर्वको ईटहरी र धरान आएका उनी केही हलहरुमा संगै बसे तर,न्यून दर्शक।नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा च्यारिटी शोको शैली अपनाईएको थियो।

प्रतिक्रिया