विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७७ माघ ४ गते ३:४५ मा प्रकाशित

काठमाडौं / विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।

गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ।प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतको अन्जु सुनार तथा सन्दिप सुवेदी फिचरिङ गरिएको छ।अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ।

फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखि सकेका छन्।डा.उपाध्यायका गीत सबै वर्ग,पेशा र समुदायका लागि रहेका छन्।उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम,रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन्।

उहाँका चाड पर्वका गीत देखि लिएर छोरी विदाई गर्दाका गीत,पर्यटन गीत,स्वास्थ्य तथा योगसम्बन्धी गीत,महिला प्रताडनासम्बन्धी गीत,मजदुर किसान भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन्।त्यस्तै मेजर स्केलका गीत,माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका। सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन्।उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ।

भिडियो हेर्नुहाेस ।

प्रतिक्रिया