माधव नेपालले प्रधानमन्त्रीलाई भने नेपाली शब्दकोषमा तपाईंले पढ्नुभएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओली हो

इनेप्लिज २०७७ माघ ४ गते ३:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विध्वंसको अर्को नाम केपी शर्मा ओली भएको बताउनु भएको छ।दाङको तुल्सिपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा आज शनिबार बोल्दै अध्यक्ष नेपालले ओली अव्यवस्थाता र अशान्ति चाहाने विध्वसं व्यक्ति भएको आरोप लगाउनु भयो ।उहाँले नेपाली शब्द कोषमा भएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओेली भएकाे पनि बताउनुभयाे।

‘नेपाली शब्दकोषमा तपाईंले पढ्नुभएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओली हो’,प्रधानमन्त्रीको मजाक उडाउँदै नेपालले भन्नुभयो ,‘नीति नियम नमान्ने, अस्तव्यत्त र शान्ति नचाहने व्यक्ति हुन ‌ओली।’कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नु भयो, ‘आफू बसेको कुर्सी पनि भाँचिदिन्छु भन्ने, घरमा भाँडभैलो मच्चाउने,संविधानमाथि कू गर्ने ,कम्युनिष्ट आन्दोलन लाई समाप्त पार्ने भएकाले उनी मुर्ख शासक हुन्।’

भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाइदिने भएकाले विवेकशील मान्छे बालुवाटारको बाटो हिँड्न छोडेको भन्दै अध्यक्ष नेपालले काटाक्ष गर्नुभयो। हेर्नुहोस आज माघ ४ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया