मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:३०
वासिङटन डिसी 01:45

सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने

व्यक्तिहरूले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न सक्ने छैनन

इनेप्लिज २०७७ माघ ३ गते २२:१४ मा प्रकाशित

सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)ले निर्वाचित राष्ट्रपति जो बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्न अनुमति दिने भएको छ । गत शुक्रबार उक्त घोषणा गरेको छ ।

सामाजिक संजालले ह्वाइट हाउस ,युएस क्यापिटल(सदन )वा कुनै पनि राज्य भवनहरुका नयाँ कार्यक्रमहरू(इभेन्ट्स)सिर्जना गर्न अनुमति नदिने जनाएको छ ।

फेसबुकले सबै उद्घाटन-सम्बन्धित कार्यक्रमहरूको समीक्षा गर्नेछ र सामाजिक संजालका नीतिहरू उल्लङ्घन गर्नेहरूलाई हटाउने जनाएको छ । साथै संयुक्त राज्य अमेरिकामा सिर्जना गरिएका कार्यक्रम तथा संयुक्त राज्य अमेरिका बाहिरका खाताहरू र पृष्ठहरू रोक्ने समेत उल्लेख गरेको छ ।

“हामी वाशिंगटन डिसी र सबै ५० वटा राज्यहरूमा हिंसा वा अन्य खतराका संकेतहरूको लागि अनुगमन गरिरहेका छौं,” फेसबुकले एक विज्ञप्तिमा उल्लेख गरेको छ । “… हामीले राष्ट्रपति चुनाव पछि हप्ताहरूमा गरे जस्तै, हामी चुनाव र सदन (क्यापिटल)मा भएको हिंसाको बारेमा सही जानकारी प्रचार गर्दैछौं भनेको छ ।

फेसबुकले राजनीतिक विज्ञापन गर्न पनि हाललाई रोकेको छ भने अमेरिकामा प्रयोगकर्ताहरूका लागि केहि सुविधाहरु प्रतिबन्धित गरिरहेको छ “जसले बारम्बार नीति उल्लङ्घन गर्दछ।” भनी बिज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त बिज्ञप्तिमा प्रभावित व्यक्तिहरूले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न सक्ने छैनन् भने उनीहरुले कार्यक्रमलाई समूह वा पृष्ठहरू सिर्जना गर्न समेत सक्षम हुने छैनन भनेको छ ।

श्रोत :सिबिसी न्युज

प्रतिक्रिया