मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:४२
वासिङटन डिसी 02:57

ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण

इनेप्लिज २०७७ माघ ३ गते १८:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइटहाउसमा छोड्ने अन्तिम समयमा पुरस्कृत गरेका प्रसिद्ध फोटोग्राफर (चित्रकार) तथा पुलिटजर पुरस्कार समेत प्राप्त गरेका चित्रकारलाई डिसीमा आक्रमण भएको छ ।

उनलाई ट्रम्पले भियतनाम युद्धमा कैद गरेको एक उत्कृष्ट तस्बिरको लागि पुरस्कार दिन व्हाइट हाउस बोलाएका थिए । उनले उक्त पुरस्कार लिएको भोली पल्ट उनि माथि डिसीको मुख्य बजारमा उनि माथि आक्रमण भएको हो ।

७० बर्षिय निक उट नामक कलाकारले भियतनाम युद्धको भिषण चपेटामा परेको समयमा नापाल्म आक्रमणको समयमा एक किशोरी सडकमा निवस्त्र ज्यान जोगाउन दौडी रहेको समयमा खिचेको तस्बिरको लागि उनलाई ट्रम्पले पुरस्कृत गरेका थिए ।

गत बिहिबार वाशिंगटन डिसी उत्तरपश्चिम स्थित १५ औ मार्गमा रात्री भोजन गरेर निस्कने क्रममा उनलाई अचानक मुड्की हानिएको थियो । उनले आफूले उक्त कुट्ने व्यक्तिलाई देखिन र मैले उसले चिच्याएको मात्र सुने र उसले यती छिटो हिर्कायो कि म ढिलो भै सकेको थिए उनले भने ।

नि भुईमा ढलेका थिए भने उनलाई करङ्ग,पिठ्यु र खुट्टामा चोट लागेको उनले बताए । आक्रमण हुँदा उनका साथी पनि रहेका थिए । आक्रमण पछि उनि अस्पताल जान चाहेका थिएनन तर उनि आफ्नो चित्रग्राहिणी(क्यामरा)प्रति ज्यादा ध्यान गएको थियो ।

आक्रमण पछि उनलाई धेरैले फोन (दूरभाष) गरेका थिए जस मध्ये उनले भियतनाममा कैद गरेको महिला सम्म रहेकी थिइन । उनि सपथग्रहण सम्म डिसीमा नै बस्ने र केही अभिरुचि हुने प्रकारका तस्बिर लिने आशामा रहेका छन् ।

श्रोत : एनबिसीन्युज वाशिंगटन

प्रतिक्रिया