शनिबार, फागुन १५ २०७७
काठमाडौं १३:२१
वासिङटन डिसी 02:36

अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए

इनेप्लिज २०७७ माघ ३ गते १६:०९ मा प्रकाशित

गत जनवरी ६ का दिन सदनमा हमला गर्ने व्यक्तिहरुको एफबिआइले धमाधम खोजी र पक्राउ गर्दै गर्दा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ ।

उक्त प्रहरी सदनमा भएका कंग्रेसहरुको रक्षाको लागि खटिएको समयमा हूलमा द्वार अगाडी बसेका प्रहरी डेनिएल होजलाई उक्त संदिग्ध व्यक्तिले आक्रमण समेत गरेकोले उनको व्यापक खोजी भै रहेको छ । प्रहरीले उनलाई पहिचान गरि खबर गर्न आग्रह समेत गरेको छ ।

प्रहरीहरुले उक्त संदिग्ध व्यक्तिको तस्बिर गत शुक्रबार सार्वजनिक गरेको हो । ३२ बर्षिय होजलाई आक्रमण गर्दा दुखाई भएकोले उनि कराएका थिए । उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थकहरुले आक्रमण गरेका थिए ।

होजले एबिसी न्युजलाई अन्तर्वार्ता दिदा उक्त संदिग्ध ब्यक्ति कराएको र मेरो हात समातेको बताए । उनले अगाडी भने उक्त व्यक्तिले मेरो मास्क (मुखावरण) समात्यो र मेरो टाउकोमा हिर्काएको जनाए । जव उनले मेरो मुखावरण निकाले त्यस पछि मलाई मेरो टाउकोमा आक्रमण गरेको उनले बताए ।

उनका अनुसार ट्रम्पका समर्थकहरु अत्यन्तै उन्मुक्त थिए भन्दै एक पटक आफू मर्छु कि भन्ने समेत सोचेको उनले पत्रकारलाई बताए । उनले भने यो अन्तिम हुनेछ भन्ने सोचे तर मेरा साथीहरु आए र प्रजातन्त्रको रक्षा गरेकोमा गर्व लागेको बताए ।

श्रोत :एबिसीन्युज

प्रतिक्रिया