आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक

इनेप्लिज २०७७ माघ ३ गते १५:४० मा प्रकाशित

मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको प्रस्तुती एवम् लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा नित्याशिवाको आवाज रहेको ” रिमझिम मौसम” गीतको भिडियो सार्वजनिक भएको छ।

समसामयिक विषय बस्तु र प्रेम प्रसङगलाई गीतमा समेटिएको छ।शंकर अधिकारी घायल को गीत,संगीत र भुपाल खालिङ्को एरेन्ज रहेको छ ।कृष्ण पाण्डेको छायांकन डिके हमालको नृत्य देव महर्जन को द्वन्द र अन्जली थापाको सम्पादन रहेको छ।विशाल अग्रवाल र अमृता मगर को फिचरिङ मा ओएस आर डिजिटल बाट रिलिज भएको छ।

” रिमझिम मौसम” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया