शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:४०
वासिङटन डिसी 00:55

मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा

इनेप्लिज २०७७ माघ ३ गते १४:०८ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यका गभर्नर ल्यारी होगनले निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहणलाई ध्यानमा राख्दै आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।

गभर्नर होगनको कार्यालयले गत शुक्रबार एक बिज्ञप्ति निकाली उक्त कुरा जानकारी गराएको छ । होगंले यस कदमले राज्यलाई अझ बढी प्रभावकारी रूपमा समन्वय गर्न मद्दत गर्दछ । साथै मेरील्याण्ड र यसका छिमेकीहरू बीचको स्थानीय क्षेत्राधिकारलाई सहयोग पुर्‍याउँछ भनेका छन् ।

होगनले मेरील्याण्ड डिसीको सुरक्षामा सहयोग पुर्‍याउन प्रतिवद्ध छ र “शान्तिको संक्रमणको सुनिश्चित गर्न” भनि उक्त बिज्ञप्तिमा उल्लेख गरेका छन । “हामी जनवरी ६ को विद्रोहको समयमा आलोचनात्मक सहयोग दिन हिचकिचाएनौं, र सहयोगी सँस्थाहरू, स्थानीय सरकारहरू र हाम्रा संघीय साझेदारहरूसँग मिलेर उद्घाटन समारोहलाई समर्थन गर्न अगाडि बढ्ने छौं,” होगनले भने।

गत हप्ता,होगनले मेरील्याण्ड नेश्नल गार्डका सदस्यहरूलाई डीसीमा पठाएका छन् । करीव १ हजार मेरील्याण्ड राष्ट्रिय रक्षक (नेश्नल गार्ड)सेनाहरु डिसीमा गस्ती गरि रहेका छन ।

“यो कार्यकारी कार्यले हाम्रो प्रतिक्रियामा स्थानीय क्षेत्राधिकारसँग समन्वय गर्न सजिलो बनाउँछ, र शान्ति कायम गर्न आवश्यक पर्ने जुनसुकै कदम चाल्न पनि तयार छ,” होगनका प्रवक्ता माइक रिक्सीले सामाजिक संजाल ट्वीटरमा भने।

गत जनवरी ६ मा सदनमा भएको दंगा पछि नै डिसीकि प्रमुख म्युरिएल बाउजरले आपतकालीन स्थितीको घोषणा गरि सकेकी छिन् ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया