सामाजिक कामका लागि रोटरी अफ क्लब काठमाडौ डाउनटाउनले अब कोरोना भनेर नपर्खिेने

इनेप्लिज २०७७ माघ ३ गते १३:५४ मा प्रकाशित


काठमाडौ । कोरोनाको महामारी केही कम हुदै गएको महसुस हुन थालेपछि रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले सामाजिक क्षेत्रमा प्रभाबकारी कार्य गर्ने योजना बनाएको छ ।
क्लबको शनिबार बसेको बैठकले यतिबेला बिभिन्न अस्पतालहरुमा बिरामीलाई रगतको अभाब भएको कुरालाई ध्यानमा राखी बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यहि माघ १७ गते ग्रिनसिटी अस्पतालको प्रागणमा हुने रक्तदान कार्यक्रमको संयोजन गर्ने जिम्मेबारी सोही अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई दिइएको छ । उहाले निर्णय भएको दिन देखि नै एक सय भन्दा बढी प्रिण्ट रगत संकलन गर्ने योजनाका साथ तयारी थाल्नुभएको छ ।
अस्पतालका तर्फबाट हामीले भरपुर तयारी थालिसकेका छौ तर रोटरी क्लबका साथीहरुले पनि रक्तदान जीवन दान हो भन्ने हेतुले धेरै भन्दा धेरै रक्तदाताहरुलाई उपस्थितिका लागि आआफनो ठाउबाट भुमिका खेल्नुहुने छ भन्ने बिश्वास आफुहरुको रहेको ग्रिनसिटी अस्पतालकै बोर्ड अफ डाइरेक्टर रेनुका गुरुङले बताउनुभएको छ ।
क्लबले बिभिन्न मानब सेबा आश्रममा रहेका बृद्धबद्धा , बालबालिकालाई कपडा धुन हुने गरेको अफट्यारो लगायतका अन्य अत्याबश्यक गर्नुपर्ने कार्य पहिचान गरी आबश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ । सो समस्याको पहिचान गरी सहयोगको प्रस्ताबका लागि बरिष्ठ पत्रकार टंक पन्तलाई सयोजनको जिम्मेबारी दिइएको छ ।
त्यसैगरी क्लबले कुनै दुर्गम जिल्ला जहा नागरिकहरुलाई सामान्य स्वास्थ्य जाच गराउन पनि धौ धौ हुने गरेको छ त्यस्तो जिल्ला पहिचान गरी बृहत स्वास्थ्य शिबिर पनि गर्ने निर्णय गरेको सो क्लबका अध्यक्ष श्याम पराजुलीले जानकारी गराउनुभएको छ । क्लबको चार्टर कार्यक्रम सम्पन्न गर्नका लागि क्लबकै सदस्य थानेश्वर रेग्मीलाई संयोजन गर्ने जिम्मेबारी दिइएको छ ।
क्लबका अध्यक्ष श्याम पराजुलीको अध्यक्षतामा भएको बैठकमा कोरोना महामारी र त्यसले क्लब परिबारमै पारेको असर एवं आगामी दिनमा अपनाउनु पर्ने सतर्कताका बारेमा पनि छलफल भएको थियो । बैठकले क्लब परिबारका कोही पनि सदस्यलाई हरेक खालको अफ्टयारोमा महत्वपुर्ण सहयोगी बन्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया