एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
गत जनवरी ६ का दिन अमेरिकी सदनमा भएको दंगा र आक्रमणका करिव १ लाख ४० हजार तस्बिर/भिडियो एफबिआईले संकलन गरेको छ । उनीहरु प्रहरीहरुलाई आक्रमण गरि सांसदहरुलाई कब्जा गरि निर्वाचित राष्ट्रपति जो बाइडेनलाई बन्चित गर्ने उद्धेश्यले आएका थिए ।
त्यहाँ आएका क्युएननका समूहले उपराष्ट्रपती माइक पेन्सलाई समात्ने योजना सहित त्यहा पुगेका र सुरक्षाकर्मिको कारण उनि बालबाल बचेका थिए । त्यहा उनि बिरुद्ध नारा लगाएका थिए किनभने राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६ का दिन बाइडेनले प्राप्त गरेको निर्वाचकीय मतलाई उल्टाउन उक्साएका थिए ।
तर पेन्सले जोबाइडेनले प्राप्त गरेको इलेक्टोरल भोट( निर्वाचकीय मत)लाई केही गर्न नसकिने भने पछि ट्रम्पसंग माइक केही दिन बोलेका थिएनन । साथै बिद्रोह गर्न सदन पुगेका हुल र अनेक समूहले माइकले आँट नगरेको र ट्रम्पको कुरा नमानेको भन्दै आक्रोश स्वरुप उनीहरु माइकलाई खोजेका थिए । संयोगवस उनि जोगिएका थिए ।
यसै सिलसिलामा संघीय बिभागले २ सय ७५ वटा आपराधिक अनुसन्धान सुरु गरेको छ । त्यसैले निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण र उद्घाटनमा २५ हजार राष्ट्रिय रक्षकहरु तैनाथ गरिने भएको छ ।
गत शुक्रबार सम्म एफबिआइले कम्तिमा ९८ जनालाई अभियोग लगाई सकियीको र करिव १ सय जनालाई हिरासतमा लिएको छ । बाइडेनको उद्घाटनमा सेप्टेम्बर ११ ,२००१ मा आतंकवाद हमला भए जस्तै सुरक्षाका उपायहरु अपनाउने भएको छ ।
श्रोत :ब्लुमबर्ग
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया