अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ९ हजार ५ सय ६० पुगेको छ । यसै गरि एकैदिनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ५८ पुगेको छ । गत जनवरी १५ शुक्रबारका दिन २४ घन्टामा उक्त संख्या पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ।
यसै गरि आगामी जनवरी २० का दिन निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण तथा उद्घाटन कार्यक्रम सम्म ४ लाख मानिसको कोभिड-१९ बाट मृत्यु हुने भबिष्यवाणी गरिएको छ ।
बिगत ११ दिन देखि लगातार २ लाख भन्दा ज्यादा मानिस हरेक दिन संक्रमित भै रहेका छन् ।
हाल सम्म अमेरिकामा ३ करोड ११ लाख ६१ हजार ७५ खोप वितरण भै सकेको छ भने कम्तिमा १ करोड लाख २२ लाख ७९ हजार १ सय ८० जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।
हाल सम्म कूल २ करोड ३९ लाख ६३ हजार २ सय २० संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ८३ लाख ४३ हजार ५ सय ३५ पुगेको छ । यसै गरि अमेरिकामा कूल मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ५ सय ७२ पुगेको छ ।
श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
प्रतिक्रिया