“झोले”

बिनोद पोख्रेल २०७७ माघ ३ गते ०:४३ मा प्रकाशित

निरंकुसता र दासताको बिरुद्ध
पार्टी को झन्डा र लोगो टासेको
एउटा सामान्य झोला भित्र
पार्टीका निती सिद्धान्तले भरिएका
अनगिन्ती लिखतहरुका
पर्चा पम्प्लेट बोकेर हरेक दिन
आफ्ना पाईताला खियाउदै
गाउँ गाँउ कुना कन्दरा
उकाली ओरालो हिडदै
जनतालाई सचेतना गराउदै
समाजलाई रुपान्तरण गर्न
एउटा राजनैतिक बिचार बोकेको
एउटा बिचारक थिए नेता
बिकृति र बिसंगतीका बिरुद्ध
सदा अग्रस्थानमा रहने योद्धा थिए नेता
तेस्ता योद्धाहरुको साथमा
आधा पेट खाई नखाई
एउटा झोला बोकेर भोकै हिडने
सहयोद्धा थिए झोला बोक्ने कार्यकर्ता
अर्थात जस्लाई भनिन्थो ‘झोले’
झोलानै उनिहरुको सम्पत्ती हुन्थ्यो
झोलानै उनिहरुको बिचार हुन्थ्यो
झोलामै उनिहरुको रहन सहन हुन्थ्यो
झोलानै उनिहरुको आदर्श हुन्थ्यो
झोलानै उनिहरुको गर्व हुन्थ्यो
एउटा यस्तो समय थियो
त्यो झोला बोकेको मान्छे देख्दा
केहि बुझ्न केहि जान्न मन लाग्थ्यो
श्रद्धाले सिर झुकाउन मन लाग्थ्यो
तर अहिले त्यो झोला मान्छेलाई
खिसिट्याउ गर्ने सब्द बनेको छ
लम्पट भनेर भ्रम छर्ने भाषा बनेर छ
कठै ति बिचरा जसले
न त्यो झोला कहिले बोकेका थिए
न त्यो झोला कहिले देखेका थिए
न त्यस भित्रका बिचार पढेका थिए
न त्यो झोला बोक्ने झोलेको
गर्बिलो ईतिहास देखेका थिए
न त्यसको अर्थ र परिभाषा बुझ्ने
फगत एउटा कोशिस गरेका थिए
अहिले सामाजिक संजाल भरि
आफु संग बिचार नमिल्नेलाई
झोले भन्दै सब्दको अपमान गर्दैँछन
त्याग र समर्पणको पर्याबाची
त्यो झोला भित्र बितृष्ना भर्दैछन
ज्ञानको भन्डार ले भरिएको
त्यो झोला बोक्नेलाईन झोले भनेर
आफ्नै बुद्धि र बिवेकमै संखा गर्दैछन
मैले त अहिले त्यो कालो धन
कालो ब्रिफकेसमा बोकेर
सहर बजार डुल्ने डनलाई होईन
ईतिहासमा एउटा ‘झोले’ बनेर
त्यो बैचारिक झोला बोक्ने मनलाई
सम्मान गर्न चाहन्छु आदर गर्न चान्हन्छु !!

बिनोद पोख्रेल
हाल: टेक्सास
०१/१५ / २०२१

प्रतिक्रिया