‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
अमेरिकाको भर्जिनिया राज्यका दुई प्रहरीहरु गत जनवरी ६ का दिन क्यापिटल (सदन)मा भएको दंगामा संलग्न भए पछि उनिहरुलाई पक्राउ गरिएको छ ।
उनिहरुलाई अभियोग लगाईएको रकि माउन्टका प्रहरी प्रमुख केम क्रिनर लगायतले सयुक्त बिज्ञप्ती जारी गरि उक्त कुरा जानकारी गराएका छन ।
उनिहरु दॅगा पछि बिदामा बसेका थिए भने उनिहरुको अनुसन्धान भै रहेको थियो । गत जनवरी १३ बुधवार उनिहरुलाई पक्रिएको हो ।
दुई प्रहरीहरु थोमस रोवर्टसन र ज्याकोव फ्रयाकर भएको पुष्टी भएको छ ।
उक्त हुलदुंगामा एक प्रहरी सहित ५ जनाको ज्यान गएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पकका समर्थकहरुले आयोजना गरेको उक्त भेला हिंस्सामा परिणत भै अमेरिकी सदन तोडफोड समेत गरेका थिए । उक्त भेलाको आयोजना निर्वाचित राष्ट्रपति जो बाइडेनलाई उनले प्राप्त गरेको निर्वाचकीय मत(इलेक्टोरल भोट)लाई अमान्य र प्रमाणित गर्न बन्चित गरि ट्रम्पलाई राष्ट्रपति बनाउने रहेको थियो ।
सदनमा आक्रमण भए पछि भर्जिनिया राज्यको रकी माउन्टका दुई प्रहरीहरु पनि उक्त दंगामा संलग्न भएको देखिएको रकी माउन्ट प्रहरी बिभागले उल्लेख गरेको थियो ।
उक्त समयमा दुवै प्रहरीहरु बिदामा रहेको वक्तब्यमा जनाईएको थियो । रकी माउन्ट शहरले यसका कर्मचारीहरूको बोल्ने स्वतन्त्रता र सम्मेलनको स्वतन्त्रताको सबै कानुनी अभिव्यक्तिको पूर्ण समर्थन गर्दछ तर त्यो दिन भएको गैरकानुनी कार्यहरूको समर्थन गर्दैन भनि उल्लेख गरेको थियो।
रकी माउन्ट भर्जिनिया राज्यको रोअनोकबाट २५ माइल दक्षिणमा रहेको छ । गत शुक्रबार सियाटल प्रहरी बिभागका दुई प्रहरीहरु पनि दंगामा संलग्न भएकोले उनीहरु बिदामा बसेका छन् भने अनुसन्धान चलि रहेको छ ।
श्रोत : सिएनएन
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
प्रतिक्रिया