मंगलबार, फागुन २५ २०७७
काठमाडौं ००:१५
वासिङटन डिसी 13:30

न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते

इनेप्लिज २०७७ माघ २ गते १२:०८ मा प्रकाशित

न्युयोर्कको ब्रंक्समा एक बस (यात्रीयान) दुर्घटना हुँदा कम्तिमा ९ जना घाइते भएका छन् भने उक्त गाडी झुण्डिएको थियो । न्यु योर्क प्रहरी बिभागका अनुसार उक्त घटना बिहिबार राती ११:१० मिनेटमा भएको जनाएका छन् ।

उक्त सवारी साधन युनिभर्सिटी एभेन्यु(मार्ग)मा दुर्घटना भएको थियो । दुर्घटनामा चालक बाहेक अन्यको अवस्था ठिक रहेको र सामान्य चोट पटक लागेको छ ।

तर चालक गम्भीर घाइते भएका छन् भने उनको स्थिति गम्भीर रहेको प्रहरीले जनाएका छन । उक्त गाडीले सडकमा रहेको घेरामा ठोकिएको थियो । र उक्त गाडी ठोकिए पछि दुर्घटना हुँदा झुन्डिएको थियो ।

श्रोत : एबिसीन्युज

प्रतिक्रिया