लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक

इनेप्लिज २०७७ माघ २ गते १०:३० मा प्रकाशित

‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ।लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो।

नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ।रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ।चलचित्रमा प्रेम,बिछोड, रोदन मात्रै देखाइएको छैन,चलचित्रलाई निर्देशक ज्ञवालीले सुखद्अ न्त्य गरिदिएका छन्।

प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे ।तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे,त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जिवन बाँचिरहेका हुन्छन्।

निर्देशक ज्ञवालीका अनुसार यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेको छ । त्यसैलाई आधार मानेर चलचित्र निर्माण गरिएको हो । चलचित्र निर्माणका लागि निर्माता दुर्गा प्रसाद ज्ञवालीले १० लाख लगानी गरेका छन् । उनले भने, ‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन्।’

एक महिनाको लामो समयमा खिचिएको चलचित्र त्यसको ३ महिना पछि वर्ल्ड प्रिमियर गरिएको हो।

निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन्।निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।

एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो।चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन्।राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

https://www.youtube.com/watch?v=sbZttytLKvk&t=178s

प्रतिक्रिया