बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण नै नगरी अमेरिकी जनतालाई जर्जियामा सार्वजनिक रुपमा बोलेको कुरा पुर्याउने भएका छन । गत जनवरी ५ का दिन ईतिहास कै सर्वाधिक प्रतिस्पर्द्धा रहेको दुई वटा सिनेटको लागि उम्मेदवार दिएका डेमोक्र्याटिकका आफ्ना उम्मेदवारहरुको प्रचारमा जनवरी ४ का दिन भ्रमण गर्दा उनले हामीलाई मतदान दिएमा २ हजार डलर दिने बचन दिएका थिए ।
जर्जियामा बाइडेनले सिनेटमा “यदि तपाईं जोन (ओसफ) र राफेल वार्नकलाई वाशिंगटनमा पठाउनु हुन्छ भने उक्त दुई हजार डलरको चेक ढोका बाहिर जान्छ अर्थात् अमेरिकी जनताले पाउने बताएका थिए ।
तर रिपब्लिकनका डेभिड पर्डु र केली लोफलरलाई फेरि वाशिंगटन पठाउनुभयो भने ती चेकहरू त्यहाँ कहिले पनि प्राप्त हुँदैन। यो एकदम सरल हो शाब्दिक रूपमा तपाईको हातमा छ।” भनि मतदातालाई ध्यानाकर्षण गराएका थिए ।
जर्जियामा जो बाइडेनको साथ कमला ह्यारिस डेमोक्रेटिक दलका द्वय उम्मेदवारहरु तथा मतदातामा उर्जा र हौशला दिन गएका थिए ।
जर्जियाको दुई सिनेटरको बिजयी संगै सिनेटमा डेमोक्रेटहरुको बहुमत हुनेछ । वर्तमान रिपब्लिकनहरुले डेमोक्रेटहरुले राखेको २ हजार डलरको प्रस्तावलाई अस्विकार गरेका थिए । त्यो २ हजार डलरको सहयोग सिनेट बहुमत् नेता मिच म्याककोनेलले तगारो लगाई दिएका थिए ।
जर्जियामा डेमोक्र्याटिकका राफेल वार्नक तथा जोन ओसोफ बिजयी भएका छन् । उनीहरुले रिपब्लिकनका सिनेटर केली लोफ्लर तथा डेविड पर्डुलाई हराएका थिए । अब सिनेटमा डेमोक्रेटको बहुमत हुने भएकोले पारित गर्न सरल समेत हुनाले आज बिहिबार साँझ जनवरी १४ का दिन जो बाइडेनले १.९ ट्रीलियन (खर्ब डलर)को कोभिड राहत योजना प्रस्ताव खुलासा गरेका छन् ।
गत डिसेम्बरमा ६ सय डलर कोरोना राहत सहयोग खातामै जम्मा हुनेगरी पठाई सकिएको छ भने अब बाकि १४ सय डलर सिधा खातामा जम्मा हुनेछ । उक्त प्रस्तावलाई अमेरिकन उद्धार योजना नामाकरण गरिएको छ । उक्त योजना भित्र धेरैकुराहरु समेटिएका छन् ।
बाइडेनका अनुसार १४ सय डलर सिधैखातामा जम्मा हुने र कूल २ हजार डलर पुर्याइने छ । साथै न्युनतम १५ डलर प्रति घण्टा पुर्याउने,राज्य र स्थानीय सरकारलाई ३५० बिलियन डलर,बिद्यालयहरुलाई १७० बिलियन,,कोभिड-१९को राहत सहयोगको लागि ५० बिलियन डलर लगायत गरेर कूल १.९ खर्ब डलरको योजना प्रस्तुत गरेका छन् ।
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
प्रतिक्रिया