अमेरिकी सदनमा हतियारसहित भित्र प्रवेश गरेका मुख्य ३० व्यक्तिहरु एफबिआइद्वारा प्रकाउ
गत जनवरी ६ मा अमेरिकी सदन (क्यापिटल हिल )मा भएको हिंसात्मक गतिबिधि र तोडफोड गरेको कारण कम्तिमा ३० जान मुख्य व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।
सदन भित्र अनुमति बिना प्रवेश गर्न गैर कानुनी भएकोले बिना अनुमति जबर्जस्ती हतियार सहित पसी आक्रमण र उपद्रव गरेकोले उनीहरुलाई कानुनी कारवाही चलाईएको छ ।
अमेरिकी एफबिआईले त्यहाँ संलग्न भएका व्यक्तिहरुको पहिचान गरि सहयोग गर्न आम जनतालाई आब्हान गरेको थियो । दैनिक रुपमा हिँसामा संलग्न र सदन भित्र पसेकालाई पक्राउ गरि अभियोग धमाधम सुरु गरिएको छ ।
सदन भित्र पसेकाले प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसी खुट्टा पसारेर बसेको समेत तस्बिर बाहिर आएकोले उनलाई अभियोग लगाईएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले निर्वाचित राष्ट्रपति जो बाइडेनलाई उनले प्राप्त गरेको निर्वाचकीय मतलाई प्रमाणित नगर्न र राष्ट्रपतिबाट बन्चित गर्न सदनमा आक्रमण र कब्जा गर्न भित्र पसेका थिए ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया