ठकुरीको तिनपाने सार्वजनिक

इनेप्लिज २०७७ माघ १ गते १०:५३ मा प्रकाशित

गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्बजनिक भएको छ।संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ।

क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन्।अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन्।भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया