आइतबार, माघ ११ २०७७
काठमाडौं २१:३८
वासिङटन डिसी 10:53

ट्रम्पको युट्युब च्यानल पनि एक हप्तालाई निलम्बित

इनेप्लिज २०७७ पुष २९ गते १२:२४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई पनि एक हप्ता सम्म युट्युबले निलम्बित गरेको छ । सम्भावित हिंसा हुने कारणले युट्युबले एक हप्ताको लागि अस्थायी रुपमा बन्द गरि दिएको छ ।

गुगलद्वारा संचालित युट्युबले गत जनवरी १२ का दिन ट्रम्पको नाममा भएको सामग्रीलाई हटाइ दिएको थियो । उनीहरुले कुन श्रब्य दृश्य राख्दा हटाइएको थियो भनें उल्लेख गरेका छैनन् ।

“होशियारी समीक्षा पछि, र हिंसा हुने संभावना भएकोले ट्रम्प च्यानलमा अपलोड(राखिएको)गरिएको नयाँ सामग्री हटायौं र हिंसालाई उक्साउनका लागि हाम्रो नीति उल्लङ्घन गरेकोमा पत्ता लगाउने जारी गर्‍यौं,” प्रवक्ताले एक बिधुतिय डाक(इमेल)को विज्ञप्तिमा भनेका छन् ।

कम्तिमा ७ दिनको लागि निलम्बित भएको भनेको छ ।

प्रतिक्रिया