आइतबार, माघ ११ २०७७
काठमाडौं २२:११
वासिङटन डिसी 11:26

अमेरिकी इतिहासमा दोश्रो महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति ,मतदानद्वारा छिनोफानो हुने

इनेप्लिज २०७७ पुष २९ गते ११:४५ मा प्रकाशित

अमेरिकी इतिहासमा दोश्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प भएका छन । गत मंगलबार जनवरी १२ का दिन अमेरिकी तल्लो सदनले उनलाई महाअभियोग लगाउने बिषयमा भएको प्रस्तावलाई पारित गरेको छ ।

आज जनवरी १३ बुधबारका दिन सदनमा मतदान हुने र उनलाई महाअभियोग लगाउने र छिनोफानो हुनेछ । उनले गत जनवरी ६ का दिन चुनावमा बिजयी भएका निर्वाचित राष्ट्रपति जो बाइडेनलाई कंग्रेसमा प्रमाणित रोक्न प्रयास स्वरुप सदनमा हमला गरेका थिए ।

ट्रम्पका समर्थकहरुले सदन तोडफोड र हिंसात्मक गतिबिधि र बिद्रोह गरि बाइडेनलाई हटाई आफू राष्ट्रपति बन्ने दाउमा रहेका र उनले आफ्ना समर्थकहरुलाई उक्साएका कारण उनि माथि दोश्रो पटक महाअभियोग लगाइने भएको छ ।

गत मंगलबार उपराष्ट्रपति माइक पेन्सलाई २५ औ संशोधन आव्हान गर्न अनुरोध गर्दा पेन्सले अस्विकार गरे पछि औपचारिक रुपमा उनलाई हटाउन महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा ल्याइएको हो ।

ट्रम्पलाई हटाउन मतदान हुँदा २२३-२०५ परेको थियो । ५ जना रिपब्लिकनहरु अनुपस्थिति रहेका थिए । महाअभियोग लगाउने प्रथम प्रस्ताव बिद्रोहको प्रोत्साहन रहेको छ ।

पेन्सले गत मंगलबार स्पष्ट गरे कि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन २५ औं संशोधनको आह्वान गर्ने उनको कुनै योजना नरहेको बताए ।

प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीलाई लेखेको पत्रमा पेन्सले भने कि ट्रम्पको कार्यकाल समाप्त हुनु भन्दा आठ दिन अघि उक्त संशोधनलाई आह्वान गरेकोमा “हाम्रो राष्ट्रको हितमा वा हाम्रो संविधान अनुरुप” उक्त कुरामा विश्वास नर्गने जानकारी गराएका छन ।

उनले कांग्रेसलाई निर्वाचित राष्ट्रपति जो बाइडेनको उद्घाटनमा ध्यान केन्द्रित गर्न र ट्रम्पलाई महाअभियोग हुनबाट जोगाउन आग्रह गरेका छन् ।

“विश्वव्यापी महामारीको बीचमा करोडौं अमेरिकीहरूका लागि आर्थिक कठिनाइ र जनवरी ६ को दुखद घटनाहरू भए अब हामीहरू एकै ठाउँमा भेला हुने समय भएको छ अब हाम्रो आरोग्य हुने समय हो,” पेन्सले लेखेका थिए ।

“म तपाइँलाई र कंग्रेसका सबै सदस्यहरुलाई यस्तो ब्यबहार गर्नबाट टाढा रहन आग्रह गर्दछु जसले अरु विभाजन र त्यस क्षणको भावनालाई भड्काउने काम गर्दछ।”

तर पेन्सले आफ्नो पत्रमा यो संयन्त्र केवल चिकित्सा वा मानसिक असक्षमताका मामलाको लागि मात्र प्रयोग गरिनुपर्दछ ,भनेका छन् ।

श्रोत :न्युजविक डटकम

प्रतिक्रिया