पेन्सले ट्रम्पलाई पदबाट हटाउन २५ औ संशोधनको आह्वान नगर्ने,तर महाअभियोगको प्रस्ताव प्रारम्भ
उपराष्ट्रपति माइक पेन्सले मंगलबार स्पष्ट गरे कि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन २५ औं संशोधनको आह्वान गर्ने उनको कुनै योजना नरहेको बताए । उनले घोषणा गर्न अस्विकार गरेका छन् ।
प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीलाई लेखेको पत्रमा पेन्सले भने कि ट्रम्पको कार्यकाल समाप्त हुनु भन्दा आठ दिन अघि उक्त संशोधनलाई आह्वान गरेकोमा “हाम्रो राष्ट्रको हितमा वा हाम्रो संविधान अनुरुप” उक्त कुरामा विश्वास नर्गने जानकारी गराएका छन ।
उनले कांग्रेसलाई निर्वाचित राष्ट्रपति जो बाइडेनको उद्घाटनमा ध्यान केन्द्रित गर्न र ट्रम्पलाई महाअभियोग हुनबाट जोगाउन आग्रह गरेका छन् ।
“विश्वव्यापी महामारीको बीचमा करोडौं अमेरिकीहरूका लागि आर्थिक कठिनाइ र जनवरी ६ को दुखद घटनाहरू भए अब हामीहरू एकै ठाउँमा भेला हुने समय भएको छ अब हाम्रो निको पार्ने समय हो,” पेन्सले लेखे।
“म तपाइँलाई र कंग्रेसका सबै सदस्यहरुलाई यस्तो ब्यबहार गर्नबाट टाढा रहन आग्रह गर्दछु जसले अरु विभाजन र त्यस क्षणको भावनालाई भड्काउने काम गर्दछ।”
गत साता राष्ट्रपतिका समर्थकहरूले अमेरिकी क्यापिटलमा हमला गरेपछि प्रतिनिधि सभाले मंगलबार राती भेलामा पेन्सलाई संशोधनको लागि आह्वान गर्न मत दिन आग्रह गरेका छन् ।
तर पेन्सले आफ्नो पत्रमा यो संयन्त्र केवल चिकित्सा वा मानसिक असक्षमताका मामलाको लागि मात्र प्रयोग गरिनुपर्दछ ,भनेका छन् ।
यता न्यान्सी पेलोसीले दोश्रो महाअभियोग लगाउने सम्बन्धि ८ वटा व्यवस्थापक बनाई सकेकी छिन भने मेरिल्याण्डका डेमोक्र्याटका सांसद जेमी रास्किनले २५ औ संशोधन घोषणा गर्न प्रस्ताव गरेका छन् ।
श्रोत : सिएनएन
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया