षड्यन्त्रको पर्दाफास गरौं

–यज्ञप्रसाद पाण्डे २०७७ पुष २९ गते २:५९ मा प्रकाशित

–यज्ञप्रसाद पाण्डे

हान्स् क्रिश्चिएन एडरसन द्वारा लिखित प्रसिद्ध कथा ‘इपेरर्स न्यु–कोल्थस’ वा ‘बादशाहको नयाँ पोसाक’ कथासँग नेपालको पछिल्लो घटनाक्रम धेरै मेल खाएको देखियो।कथाअनुसार परापूर्वकालमा एउटा सहरमा एक जना बादशाह थिए।उनी हरेक दिन नयाँ–नयाँ पोसाक लगाउनमा सौखिन थिए।बादशाहमा देश र जनता प्रति निर्वाह गर्नुपर्ने दायित्व र काम कर्तव्यका बारेमा कुनै चासो थिएन।

उनी हरेक दिन नयाँ–नयाँ पोसाक लगाएर सहर डुल्थे,जनताहरूबाट उनले लगाएको पोसाकको प्रशंसा सुनेर मख्ख पर्थे।नयाँ पोसाक प्रतिको उनको क्रेज सर्वत्र फैलिन्छ र मौकाको फाइदा उठाउँदै दुई जना नौला मानिसहरू बाहिरबाट आएर उनलाई दरबारमा भेट्छन्।ती नौला मानिसहरूले आफूहरूले बादशाहका लागि गज्जबको जादुमय पोसाक बनाई दिने त्यो पोसाक सज्जन मानिसले मात्र देख्न सक्ने तर मूर्खहरूका लागि भने अदृश्य रहने आश्चर्य लाग्दो प्रस्ताव राख्छन्।
नयाँ पोसाक प्रति आशक्त बादशाहलाई ती नौला मानिसहरूको प्रस्ताव मन नपर्ने कुरैभएन।तिनीहरूले मागे बमोजिम धन दौलत दिने सर्तमा उनीहरूको प्रस्ताव स्वीकृत भयो।ती आगन्तुकहरू दरबारको बन्द कोठामा बसेर बादशाहका लागि गज्जबको जादूमय पोसाक बनाउन थाले।बन्द कोठा भित्र कपडा बुन्ने तानचलेको आवाज बाहिरसम्म आएको छ।दिनरात खटेर तिनले बादशाहका लागि जादुमय नयाँ पोसाक तयार पारे।बादशाहको आग्रहमा उनका मुख्यमन्त्री बादशाहको नयाँ पोसाकको निरीक्षणमा गए।ती नौला मानिसहरूले मुख्यमन्त्रीलाई जादूमय पोसाकको ढाचा माचा र विशेषताका बारेमा सबिस्तार बताए।बादशाहका लागि भरखर तयार पारिएको नयाँ पोसाक सज्जन मानिसले मात्र देख्न सक्ने तर मूर्खहरूका लागि भने अदृश्य रहने कुरा पनि सुनाए।तर,ती मुख्यमन्त्री त
पोसाक केही देख्दैनन केबल कपडा बुन्ने तान छ त्यहाँ त।“सायद म मूर्ख भएकाले होला मैले बादशाहको नयाँ पोसाक देख्न सकिन।यो मेरो कमजोरी बादशाहलाई थाहा भयो भने त म मुख्यमन्त्री पदका लागि अयोग्य भइहाल्छु नि ”।अनि उनी बादशाहको जादूमय पोसाकको खुलेर प्रशंसा गर्न थाल्छन्।बिस्तारै बादशाहका मन्त्रिमण्डलका पूरै सदस्यहरूले बादशाहको नयाँ पोसाकको निरीक्षण गरे तर कसैले नयाँ पोशाक देख्दै देखेनन् तर मूर्ख बन्न र मन्त्री पद गुमाउन पनि कोही चाहँदैनन्।मन्त्रीहरूको सफल निरीक्षणपछि बादशाह स्वयम् आफ्नो लागि तयार पारिएको पोसाकअवलोकन गर्न जान्छन् तर त्यहाँ केही देख्दैनन्, केबल कपडा बुन्ने तान । बादशाहलाई लाग्यो “म त मूर्ख पो रहेछु ।तर, हँुदैन–हुँदैन, बादशाह मूर्ख हुनै सक्दैन।म बादशाह पदका लागि अयोग्य ठहरिन हुँदैन ”।अनि बादशाहले आफ्नो लागि तयार पारिएको पोसाक रामै्रसँग देखे। त्यसमा फेरि एकजोर सुट थपि दिन नौला मानिसहरूलाई आग्रह गरे।फेरि मागे अनुसार थप रकम पाउने गरी सुट पनि तयार पारिदिए।अब बादशाहले जादूमय पोसाक लगाएर भोलिपल्ट सहर घुम्ने निधो गरे।दुई नौला मानिसहरू आफ्नो योजना सफल भई मनग्ये धन दौलत पाएकोमा मख्ख पर्दै सहरबाट बाहिरिन्छन्।

भोलिपल्ट बिहानै उनले आफूले लगाएको पूरै कपडा एकएक गरी खोलेर पूरै नांगिए अनि अदृश्य जादुमय पोसाक लगाए।उनका मन्त्रीमण्डलका सदस्यहरूलगायत अन्य आसेपासे सबैले अदृश्य जादुमय पोसाको तारिफ गरे। सहरमा उनको नयाँ पोसाक हेर्न मानिसहरू पंक्तिबद्ध एर बसेका छन् ती मानिसहरूले बादशाहको नयाँ पोसाक सज्जन मानिसले मात्र देख्न सक्ने तर मूर्खहरूका लागि भने अदृश्य रहने कुरा पनि सुनेका छन्।बादशाहकोसवारी भयो पंक्तिबद्ध भएर बसेका मानिसहरू मध्ये कसैले पनि उनको नयाँ पोसाक देख्न सकेनन् र आफू मूर्ख ठहरिन पनि चाहेनन् र सबैले बादशाहलाई नयाँ पोसाकले ज्यादै सुहाएको अभिव्यक्ति दिए।जनताबाट आएको नयाँ पोसाक प्रतिको वाहवाह सुन्दै उनी मख्ख परेर अघि बड्छन्।बादशाहलाई फेरि एकपल्ट चिसो पस्यो‘यतिका मानिसहरू सबैले मेरो नयाँ पोशाक देख्ने मैले मात्र नदेख्ने म त साँच्चै मूर्ख पो रहेछु।तर,पनि म त बादशाह हुँ मेरो मूर्खताको आभाश दिन हुदैन ।’उनको सवारी अघि बढ्छ।यसै बीच बादशाहको सवारी हेर्न आफ्नो बुबा सँग आएको एक जना बालकले बादशाहलाई देख्छन् र भन्छन्,‘बादशाहले केही लगाएकै छैनन्।’बादशाहको कानमा बालकको कुरा पर्छ उनको बुबा डराउँदै बादशाहसँग माफी माग्छन् र आफ्नो बच्चालाई गाली गर्छन्।तर,बालकले
दृढतापूवर्क फेरि भन्छन्,‘होइन–होइन बादशाह त नाङ्गै छन्।”यसैबीच मानिसहरूको भीडबाट हाँसोको फोहरा छुट्छ बालकको कुरा सबैलाई पत्यार लाग्छ।बादशाह सहरका अर्को बाटोबाट गिर्दो मनोबल लिएर नांग्गै आफ्नो दरबार फर्कन्छन्।

यता प्रधानमन्त्री पदको गरिमा,देश र नागरिकप्रतिको पदिय दायित्व प्रति अन्धा केपी ओली राज्य सञ्चालनको जिम्मेवारी छोडेर दैनिक नयाँ–नयाँ उखान टुक्का रच्न र सुनाउन सौखिन छन्।पार्टीभित्रको आन्तरिक कलहका कारण उनको पद धरापमा पर्न खोज्छ।पार्टी भित्रको आन्तरिक कलह र उनको पद लोलुपताको सूक्ष्म अध्ययन गरिरहेका दक्षिण तिरका जालीहरू मौकाको फाइदा उठाउने योजना बनाई ओलीलाई भेट्छन्।फुटाएर राज गर्न पल्केका ती जालीहरु बन्द कोठामा ओलीसंग बसेर उनको सत्ता लम्ब्याउने जादूमय बनाउन सफल हुन्छन्।त्यसको केही दिनपछि ओली संवैधानिक ‘कू’ गर्छन।संबिधानको संरक्षक भनिने राष्ट्रपति बाट श्वास फेर्ने फुर्सद पनि नलिई संवैधानिक बलत्कारलाई सदर गरिन्छ ।कथाका मूर्खहरुले बादशाहको नयां पोशक राम्रो देखै झै ओलीबाट अहिले केही पाइरहेका र पछि पाउने लोभ लालाचमा रहेको एउटा ठूलै जमात संवैधानिक ‘कू’लाई जायज देख्दैछ।उनीहरु ओली बा ले यस अदृश्य योजनाबाट राम्रै कमाई गर्नेछन् र आफू पनि खाउंला पिउंला भन्नेभन्ने आशामा छन्।केही संविधान र कानुनी बेत्ता कहलिएकाहरू कुन चाहिँ अवसरबाट के–के कति फाइदा उठाउन सकिएला भनेर लेखाजोखा गर्दै मुखमा दहीजमाएरबसेका छन्।

अब फेरि पनि कथाको त्यो निष्कपट र निर्भिक बालकले झै स्वदेश र विदेशमा रहेका सबैसचेत नागरिकहरूले ओलीकोअदृश्य योजना असफल पारेर ओली एण्ड र ओली गिरोहलाई नांगोझार पार्ने बेला आएको छ।बाह्य जालीहरुको आड भरोसामा रचिएको षड्यन्त्रको पर्दाफास गर्नै पर्ने भएको छ।

प्रतिक्रिया