आइतबार, माघ ११ २०७७
काठमाडौं २०:४०
वासिङटन डिसी 09:55

अमेरिकाका ठूला सँस्थाहरुले बाइडेनको बिजयीलाई उल्टाउन मतदान गर्ने १४७ रिपब्लिकनलाई पैसा नदिने र रोक्ने घोषणा

इनेप्लिज २०७७ पुष २९ गते २:०६ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेनले प्राप्त गरेको इलेक्टोरल कलेज (निर्वाचकीय मत )बिजयीलाई उल्टाउन खोज्ने १४७ जना प्रतिनिधि सभा सदस्य तथा सिनेटरहरुलाई अमेरिकाका ठूला र बिश्व कै धनाढ्य प्रतिष्ठानहरुले पैसा नदिने र रोक्ने घोषणा गरेका छन् ।

बाइडेनले कूल ३०६ इलेक्टोरल भोट (निर्वाचकीय मत) डिसेम्बर १४ कै दिन प्राप्त गरि प्रमाणित समेत गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाधली र चोरी गरेको भनि गलत सूचना दिने र रिपब्लिकनका प्रतिनिधि सभा सदस्यहरु र सिनेटरहरु पनि उल्टाउन उक्साए र उनीहरु उक्सिए ।

अमेरिका जस्तो प्रजातान्त्रिक देशमा चुनाव जितेका निर्वाचित राष्ट्रपति बाइडेनलाई राष्ट्रपति हुन् नदिई चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जबर्जस्ति दोश्रो पटक राष्ट्रपतिमा टिका लगाउन गलत प्रयास गरेका १४७ रिपब्लिकनलाई ठूला ब्यापारीघरहरुले पैसा नदिने र रोक्ने गर्ने घोषणा गरेका ।

उक्त ठूला संस्थाहरुमा क्रमस एमजोन,अमेरिकन एक्सप्रेस,एयरबिएनबि ,ब्लु शिल्ड,कमर्स बैंक ,डाउ,मेरी ओट ,जेपी मोर्गन ,एटएनटि,गुगल ,कोकाकोला,भेराइजन,हिल्टन ,बेस्ट बाइ ,इन्टेल ,कमकास्ट,सिभिएस फार्मेसी,वाल्मार्ट,फेडेक्स,सिस्को,सिटि बैंक,मोर्गन स्टान्ले ,फेसबुक जस्ता सयौले जनवरी ६ मा अमेरिकी सदनमा भएको हिंसात्मक गति बिधिलाई मध्य नजर गर्दै चुनावमा पैसा रोक्ने भनेका छन ।

बाइडेन राष्ट्रपति नहुन दिन निर्वाचकीय मत बिरुद्ध मतदान गर्नेहरुमा मिजौरीका सिनेटर जोस हले,क्यान्ससका सिनेटर रोजर मार्शल,टेक्ससका सिनेटर टेड क्रुज ,अलाबामाका टोमी टुबरभिल लगायत सयौ कंग्रेसले मतदान गरेका थिए । संसदको सयुक्त सदनमा प्रमाणित गर्नु पर्नेमा प्रमाणित गर्दैनौ भनि विपक्षमा मतदान गरेका थिए ।

अमेरिकामा कुनै पनि उम्मेदवारले यसरी रकम संकलन गरेर नै चुनावमा उठ्ने पद्धती भएकोले जती रकम ज्यादा उठछ त्यति नै उम्मेदवार बलियो हुने हुन्छ र बिजयी हुने सम्भावना पनि ज्यादा रहन्छ । ठूला दान र रकम दिने संस्थाहरुको मुख सबै उम्मेदवारहरुले ताक्ने गर्छन ।

यी सबै प्रतिष्ठानहरुले गत जनवरी ६ मा संसदमा भएको आक्रमणको निन्दा समेत गरेका छन् । अधिकाशंले जो बाइडेनलाई प्रमाणित गर्न बिरुद्ध मतदान गर्नेलाइ पैसा दिन रोक्ने सार्वजनिक गरेका छन् ।

एमाजोनले भविष्यमा हुने राजनैतिक योगदानलाई रोक्नेछ जसले २०२० को चुनाव नतीजा प्रमाणित गर्ने बिरूद्ध मतदान गरे भनेको छ |

“एमाजोन पीएसीले हाम्रा ग्राहकहरु र हाम्रा कर्मचारीहरुको चासो अनुरुप द्विपक्षीय आधारमा कंग्रेसनल उम्मेद्वारहरुलाई दिन्छ,” एमजोनका प्रवक्ताले भने। “वैधानिक प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्ने अस्वीकार्य प्रयासलाई ध्यानमा राख्दै, एमजोन पीएसीले अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई उल्टाउन मतदान गर्ने कुनै पनि सदस्यलाई गरेको योगदानलाई निलम्बन गरेको छ।

हामी हाम्रो चिन्ता ती सदस्यहरूसँग प्रत्यक्ष छलफल गर्न चाहन्छौं जुन हामीले पहिले समर्थन गरेका थियौं र भविष्यका पीएसी योगदानहरू विचार गर्ने क्रममा उनीहरूका प्रतिक्रियाहरूको मुल्यांकन गर्दछ। ” भनि वक्तब्य निकालेको छ ।

यसै गरि अमेरिकन एक्सप्रेसले निर्वाचकीय मतदानमा १४७ रिपब्लिकनलाई सहयोग पुर्‍याउने छैन जसले चुनावी नतिजालाई चुनौती दिन विपक्षमा मतदान गर्यो भनेको छ ।

यसै गरि अमेरिकन एक्सप्रेसले यसको राजनीतिक कार्य समितिले १४७ जना रिपब्लिकनलाई सहयोग पुर्‍याउने छैन जसले चुनावी नतिजालाई चुनौती दिन मतदान गरे भनेको छ ।

“गत हप्ता केही सभासद्हरूले राष्ट्रपति चुनावी नतिजाहरुलाई बिगार्न र शान्तिको सशक्त संक्रमणलाई अवरुद्ध गर्नको लागी गरेको प्रयास हाम्रो अमेरिकी एक्सप्रेस ब्लू बक्सको मानमा मेल खाँदैन; त्यसकारण एएक्सपी पीएसीले उनीहरूलाई समर्थन गर्दैन,” कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

एटीएन्डटी (टी) ले सोमबार दिउँसो सार्वजनिक नीति ट्विटर खाता मार्फत एक विज्ञप्ति जारी गर्दै  “हाम्रो संघीय पीएसी समितिका कर्मचारीहरूले बैठक बोलाएको ठिटो र निर्वाचकीय मत मतको प्रमाणीकरणमा आपत्ति जनाउने मतदान गर्ने कांग्रेसका सदस्यहरूलाई योगदान निलम्बन गर्ने निर्णय गरिएको जनाएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया