एघार कविका सामुहिक कविता

इनेप्लिज २०७७ पुष २८ गते २३:४८ मा प्रकाशित

१. फूल आफैमा सुगन्धित र कोमल हुन्छ र त काँडासंगै हुन्छ
– राधेश्याम लेकाली, काठमाडौं

२. कोमलता र सुगन्ध दिनमा मात्र हैन रातको अँध्यारोमा पनि हुन्छ
– किशोर पहाडी, ललितपुर

३. जुन उज्यालोमा र अंध्यारोमा पनि हुन्छ, त्यही शाश्वत हुन्छ
– राजेन्द्र शलभ, काठमाडौं

४, फूल र कांडा, उज्यालो र अंध्यारो, यहीं नै मनुष्यको आवास हुन्छ
-गोविन्द गिरी प्रेरणा, अमेरिका

५. फूलमा हुन्छ भन्छन् कोही, तर मानिसको मनमा पो साँचो सुवास हुन्छ ।
– विधान आचार्य, काठमाडौं

६. म के बयान गरुँ फूलकाे हराएकाे छ, सुवास र प्लास्टिकमा अनुवाद भएकाे छ
– अशेष मल्ल, काठमाडौं

७. कस्तो समय आयो उफ् !
जूनलाई बिर्सेर मानिस अँध्यारो मन पराउन थालेको छ ।
फूललाई फ्याँकेर मानिस दुर्गन्ध रुचाउन थालेको छ ।
-प्रमोद प्रधान, काठमाडौं

८. फूलले फक्रन छोडयो भने जूनले उदाउन छोड्यो भने
धरतीमा गीत हुने छैन धरतीमा प्रीत हुने छैन
– तीर्थ श्रेष्ठ, पोखरा

९. फूललाई फूल बनेर फूल्न देउ, जूनलाई जून बनेर आकाशमा डुल्न देउ
अनि उपमाका बजारबाट मुक्ति देउ, तिनलाई पनि त तारिफभन्दा स्वतन्त्रता प्यारो लाग्छ ह‍ोला !
– सरुभक्त, पोखरा

१०. प्रकृतिको सुन्दर सृजना हो फूल। काँडा बीच फुल्ने सुवास, सौर्न्दर्य र रङको अनुपम कलाकारिता हो फूल ।
– मुक्ति बराल, सिलगढी, दार्जिलिङ

११. फूललाई फूल जस्तै फूल्न देउ बाधेर जोबनको कालो सिक्रीले
नखोस फूलको कौमार्य नतोड फूलको सौन्दर्य
फूललाई फूल जस्तै कसैको उज्यालो दिलमा फुल्न देउ ।
– विश्वविमोहन श्रेष्ठ

संयोजक : राधेश्याम लेकाली

प्रतिक्रिया