गोदावरीमा ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”संचालन गरे नायक विश्वजित रिमालले
करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’ नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन्।
कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले पूर्णरुपमा च्याउ फर्म खुलेर च्याउको व्यवसायिक उत्पादन सुरु गरेका हुन् ।नुवाकोटको देवीघाट खड्गभज्याङ स्थायी घर भएका विश्वजितले आफ्नो दाइ बिकाश रिमालसंग मिलेर करिब ३ करोडको लगानीमा ललितपुरको गोदावरीमा ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”संचालन गरिरहेका छन् । उनको च्याउ फर्म अत्याधुनिक हाइटेक प्रविधिबाट च्याउ उत्पादन हुने नेपालकै दोस्रो ठुलो च्याउ फर्म हो । १२ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको उनको ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”मा अहिले हरेक महिना करिब १० टन च्याउ उत्पादन हुने गरेको छ।
उनलाइ च्याउ फर्मको अनुभबको बारेमा प्रश्न गर्दा यसो भन्छन हामी कहाँ कृषि पेशालाई हेयको दृष्टिले हेरिन्छ।कृषि कर्ममा लागेकाहरु पनि यसलाई मुख्य आम्दानीको स्रोत मान्ने गरेको पाइँदैन।बरु जग्गा बाँझो राखेर जागिर गर्न स्वदेश र विदेशबाट विभिन्न ठाउँमा जाने तर कृषिलाई मुख्य पेशा नमान्नेहरुको संख्या ठूलो छ । त्यसैले ठूलो जनसंख्या कृषिमा आश्रित भए पनि अहिले आयात गर्नुपर्ने अवस्था छ।कर्मलाई श्रम संस्कृतिको रुपमा बुझ्नु पर्छ।सरकारले कृषि पेशालाई आधुनिक, कृषिलाई फलित बनाउनका लागि, कृषि पेशा अर्थतन्त्रको मेरुदण्ड हो भनेर बुझ्न आवश्यक छ।
कृषिलाई हर तरहले नयाँ प्रक्रियाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाएर यसैबाट नेपाल र नेपालीको भलो हुने गरी बजेट छुट्याउने, योजना बनाउने काम सरकारले गर्न आवश्यक छ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया