अब धेरै समय बाकी छैन मेरो नानु सियोना लाइ बचाई दिनुस भन्दै आमा लाइव मा (भिडियो सहित)

इनेप्लिज २०७७ पुष २८ गते २२:३७ मा प्रकाशित

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ ।

सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ ।

सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।सियोना नेपाल मा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि icu मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै शंघर्ष गर्दै आएको छ ।अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ । सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु ।नानु को उपचार आउने भद्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा ।र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ ।

प्रतिक्रिया