आइतबार, माघ ११ २०७७
काठमाडौं २१:२७
वासिङटन डिसी 10:42

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर को कार्यालय मा स्वागत कार्यक्रम!

इनेप्लिज २०७७ पुष २८ गते २२:३१ मा प्रकाशित

न्यूयोर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर का अध्यक्ष  सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशनअमेरिका च्याप्टरको कार्यालयमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, कोषाध्यक्ष चोन्जोम लामा र युनाइटेडकी रात राई संघ अमेरिका-न्युयोर्कका अध्यक्ष केशब राम राई लाइ स्वागत गर्नु भयो।यस स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष  सुवर्ण लामा, एन आर एन आइ सि सि पुर्व सदस्य आड॰ निमा ग्याल्जे शेर्पा, ने.का. युवा नेता ज्ञानल थापा लगायतको विशेष उपस्थिती रहेको थियो।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) द्वारा सन २०२१ / वि.स. २०७७/०७८ सालको क्यालेण्डर प्रकाशन गरेकोमा फाउण्डेशनकाअध्यक्ष घिमिरेले बधाई दिदै अमेरिकावासी सबै नेपाली एक भएर नेपालीहरुको हक, हित र अधिकारका लागी लडन जरुरी छ भन्नु भयो। गिरिजा वावु कैमुल मन्त्र: सहमति, सहकार्य र एकताले नै अमेरिका, नेपाल र अन्य देशमा बस्ने हामी सबैको भविष्य झन अझै राम्रो हुनेछ, वॅंहाले भन्नु भयो। अमेरिकाकोसवालमा फाउण्डेशनले फिप्ना लगायत विभिन्न संघ-संस्थाहरु सॅंग सहकार्य गर्न सधै तयार रहेको पनि जिकिर गर्नु भयो।

फिप्नाका अध्यक्ष लोक चेम्जोङले यस कार्यक्रममा बोल्दै फाउण्डेशनले हामीलाई भव्य स्वागत गरेकोमा हर्षीत भएको र फाउण्डेशनले आफ्नै कार्यालय सुरुगरेकोमा बधाई दिनु भयो र क्यालेण्डरमा मुख्य गरेर नेपाली राष्ट्रीय चाडपर्वहरू, नेपाली आदिवासी जनजातिहरूको पहिचान साथै फिप्नाको नियमित वार्षिक गतिविधिहरू समेटिएर प्रकाशन गरीएको छ भनेर अध्यक्ष लोक चेम्जोङले प्रष्टाउनु भयो।हामीले सम्पूर्ण नेपाली अमेरीकन समुदायमा हाम्रो क्यालेण्डर वितरण गर्ने उदेश्य राखेकाछौ, वॅंहाले भन्नु भयो।

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा अमेरिका वासी नेपालीहरुको समस्याको समाधानका बारेमा र सामाजिक विषयमा व्यापक छलफल भएको थियो।स्मरण रहोस फाउण्डेशनले अमेरिकी सरकार(फेडेरल, स्टेट, सिटि र लोकल)का निर्वाचित अधिकारीहरू सहकार्य गर्दै आएको छ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर को कार्यालयमा फिप्नाका अध्यक्ष लगायत अन्य कार्यकारी बोर्ड सदस्यहरु लाई स्वागत गर्न पाएकोमा फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामाले र्प्रशन्नता व्यक्त गर्दै आभार प्रकट गर्नुभयो।

 

प्रतिक्रिया