भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ७५ बर्ष र ७५ माथि उमेरका बृद्धहरुलाई खोप लगाउन समय लिन आव्हान
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी अन्तर्गत फेयरफ्याक्स स्वास्थ्य विभागले ७५ बर्ष र ७५ माथि उमेरका बृद्धहरुलाई खोप लगाउन समय लिन आव्हान गरेको छ ।
चरण १बि अन्तर्गत विभागले तोकेको उमेर पुगेका र योग्य व्यक्तिहरुले जनवरी ११ देखि खोप लगाउने समय लिन सकिने जानकारी गराएको छ । त्यसका लागि दर्ता सुरु भै सकेको छ भने फेयरफ्याक्स स्वास्थ्य विभागमा सिधा सम्पर्क गरिन सकिने छ ।
बिभागको सिधा सम्पर्क संख्या 703-324-7404 रहेको छ भने सोमबार-शुक्रबार अम्म बिहान ९:०० बजे -साँझ ७:०० बजे सम्म सम्पर्क गर्न सकिने छ । यसैगरी सप्ताहन्त शनिवार र आइतबार बिहान ९:३० देखि ५ :०० बजे साँझ सम्म समय लिन सकिने जानकारी गराइएको छ
भर्जिनियाकै सेन्टरभिलकी स्थायी सामाजिक अभियन्ता तथा वर्तमान अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा उक्त फेयरफ्याक्स स्वास्थ्य विभागकी बहु साँस्कृतिक सल्लाहकार परिषदमा रहेकोले उनले नेपाली समुदायले कुनै पनि जिज्ञाशा जान्न चाहेमा सहयोग गर्ने बताइन ।
प्रभा भट्टराई देउजा संग बिस्तृत जानकारी चाहिएमा सम्पर्क : (571)354-7030 मा गर्न सकिने छ ।
बिस्तृत जानकारीको लागि यहा थिच्नु होला :
https://www.fairfaxcounty.gov/health/novel-coronavirus/vaccine?f
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया