कविता संग्रहको बिमोचन सम्पन्न
-अजित क्षेत्री
सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत बर्ष आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताका सर्बोत्कृष्ट कविलाई नगद पुरस्कार र प्रमाणपत्र प्र्दान गरिएको छ । हिजो पोखरामा आयोजित एक विशेष समारोहमा सर्बोत्कृष्ट भएका रौतहटका मनोज बिश्वकर्मालाई नगद पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट दस कविलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो।सर्बोत्कृष्ट कवि, उत्कृष्ट कविहरु र शिव त्रिपाठी ,आवाज शर्मा लगायत एक दर्जन अतिथी कविहरुले कार्यक्रममा कविता वाचन पनि गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी डा. योगि विकाशानन्द, विशिष्ट अतिथिद्वय प्राज्ञहरु बरिष्ठ गायिका तथा कवि हरिदेवी कोइराला र बिम्ब कवि रमेश श्रेष्ठ एबम् प्रतिष्ठानका पदधिकारीहरुले प्रतियोगिताका चानिएका कविताहरुको संग्रह “कविताहरुको सगरमाथा” को संयुक्त विमोचन गरेका थिए।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल गन्डकी शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष अमन एकल, महासचिब शाश्वत गोबिन्द ढुंगाना, संस्थापक जिपि तिवारी लगायतले बोलेका थिए।कार्यक्रममा स्वागत मन्तब्य गन्डकी शाखाकी उपाध्यक्ष छन्दिका त्रिपाठी र सन्चालन सचिब लिली अधिकारिले गरेका थिए।कार्यक्रमको सभापतित्व गण्डकी शाखाका अध्यक्ष शम्भु अर्यालले गरेका थिए।कार्यक्रममा करिब डेढसय लेखक साहित्यकारहरुको उपस्थिती थियो।
पुरस्कार वितरण र पुस्तक विमोचन कार्यक्रमको संयोजक केन्द्रीय सचिब अजित क्षेत्री रहेका थिए।कार्यक्रमको लाईभ प्रसारण पोखराको एभरेस्ट एफएमले गरेको थियो भने युट्युब च्यानल र फेसबुक पेजबाट पनि कार्यक्रम अवधिभरी लाईभ प्रसारण गरिएको थियो।
कार्यक्रममा बिशिष्ठ अतिथिद्वय हरिदेवी कोइराला र रमेश श्रेष्ठलाई सम्मानस्वरुप संस्थाको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।
पोखरा लगायत अन्य ठाउँमा पुरस्कृत ब्यक्तित्व र अतिथिहरुलाई खादा,मालाले सम्मान गर्ने प्रचलन भए पनि यश कार्यक्रममा केही नौलो प्रयोग गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथी डा योगि विकाशानन्दलाई दोसल्ला र रुद्राक्ष र मन्चाशिन ब्यक्तित्व र सम्मानित कवितहरुलाई रुद्राक्ष माला पहिराईएको थियो ।
कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, अर्घाखाँची, लमजुङ, बाँके, चितवन, नवलपरासि, झापा, लगायतका जिल्लाका बीस भन्दा बढी साहित्यिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय संयुक्त अरब इमिरेट्समा रहेको छ भने यसका केन्द्रीय अध्यक्ष कृष्ण बिश्वकर्मा हुन् । २०६९ सालमा गठन भएको यस संस्थाले बिगतका केही बर्षयता बर्सेनि विभिन्न बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिता र पुस्तक प्रकाशन गर्दै आईरहेको छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया