मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:५३
वासिङटन डिसी 02:08

शाब्दिक श्रद्धञ्जली बहुआयामिक व्यक्तित्वका धनी डा. दुर्गा दाहालमा

डा. गोबिन्द रावत, टोरन्टो २०७७ पुष २६ गते १७:५४ मा प्रकाशित

डा. गोबिन्द रावत, टोरन्टो,आज बिहान जनवरी ९ फोन खोल्नासाथ परिचित व्यक्तीको अनुहारसँगै श्रदेय “डा. दुर्गा दाहालको असमायिक निधनले स्तब्ध बनाएको छ।भावपूर्ण श्रद्धान्जली ” शब्दहरु पढे पछि म आफै स्तब्ध भए।पत्याउनै गाहे भयो।तर लहरै उनका तस्विर र श्रद्धान्जलीका शब्दहरुले फेसबुकका भित्ताहरु भरीए पछि गरुङ्गो मन बनाएर पत्याउनै पर्यो। साहित्यकार डा.दुर्गा दाहालको हिजो राति हृदयाघातको कारण मृत्यु भएको दुखद समाचार जंगलको आगो झै साहित्याकासमा फैलिदै गयो।

प्रा. डा. दुर्गा दाहालको परिचय दिनु पर्दा उनी एक प्राध्यापक साहित्यकार सँगै प्रजातन्त्रवादी योद्धा थिए। त्यसपछि उनी विभिन्न संघ संस्थामा आवद्ध भएर आफ्नो व्यशिष्ट्ता बाड्दै आएका थिए। उनी बहुआयामिक व्यक्तित्वका धनी थिए। हाम्रो परिचय फेसबुकबाट भएको थियो। २०१६ को अन्त्यतिर वहाँले फोन गरेर डा. गोबिन्द रावत र कलाकार गोबिन्दसिंह रावत एउटै व्यक्ती हो भनेर जिज्ञासा राखेर शुरु भएको हाम्रो भेट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मार्च २०१८ मा सम्पन्न अनेसासको च्याप्टर सम्मेलनको बेला न्युहम्सारमा गराई दिएको थियो। वहाँ क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै आउनु भएको थियो र म मात्र सहभागी बन्न त्यहाँ पुगेको थियो । त्यसबेला हामी बीच प्रत्यक्ष कुराकानी भएको थियो र त्यहीँ भेट हाम्रो पहिलो र अन्तिम भेट बन्न पुग्यो ।

साहित्यकार, अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार दुर्गाजी मेरो बीच बढी भेटघाट नभए पनि फेसबुकका माध्यमबाट हामी एकअर्काका नजिकमा नै थियौ । वहाँ ए.एन.ए.मा आवद्ध भएपछि सम्मेलनमा साहित्यिक कार्यक्रमको आयोजना गर्ने बारे जानकारी गराउनु भएको थियो।म पनि वसन्त श्रेष्ठ र हेमन्त श्रेष्ठ मार्फत केही समय ए.एन.ए. मा आवद्ध भएर हामीले पहिलो पटक कवितामा एक हजार डलरको पुरस्कार प्रदान गर्दै आएका थियौं। यस बारे वहाँलाई जानकारी भएकोले मलाई फोनबाट निम्त्याएर निम्तो पठाउँने भन्नु भएको थियो। तर निम्तो पनि आएन र मेरो सकभागिता पनि भएन । अनि हाम्रो भेट हुन सकेन। अन्तिम पटक हाम्रो नजिकता एक साता अघिमात्र जनवरी एकका दिन अमेरिकाको म्याडिसनमा अवस्थित नाफा (नेपाल अमेरिका फ्रेण्डसिप एसोसिएसन) द्वारा आयोजित तथा राजेन्द्र अर्याल, सन्तोष लामिछाने, पुर्ण श्रेष्ठद्वारा संचालित भर्चुयल नयाँवर्ष शुभकामना साहित्य कार्यक्रममा भएको थियो।५० जनाको उपस्थितिमा ४० जनाभन्दा बढी कविका कविताहरुका माँझ वहाँले प्रेमिल कविता सुनाएर आफ्नो प्रेमको बयान गर्दै दुईचारवटा आफ्ना कुराहरु पनि राख्नु भएको थियो ।

त्यस दिन वहाँले सुनाउनु भएको कविता :

तिमीलाई स्वागत छ,सुन्दैछु, तिमी भोली आउँदैछौ
स्वागत छ तिमीलाई, सक्छौ भने आजै आऊ,
म रेड कार्पेट ओछयाएर( प्रतीक्षामा छु
आलिंगन गर्छु तिमीलाई प्रिय, चुम्बन दिएर
सुखस् शान्ति र समृद्धिलाई पनि लिएर आऊ
पर्याप्त आशा र भरोसा लिएर आऊ,
सपनालाई पनि लिएर आउनु
भावना र माया म संगै छन
चाहना र ख़ुशी पनि आऊँछन रे
स्वागत छ तिमीलाई नयाँवर्षस् २०२१

अमेरिकाको जनसम्पर्क समितिका प्रवक्ता दुर्गाजी फेसबुकमा एकदमै सक्रिय भएर उपस्थिसत दिदै आउनु भएको थियो । शुभप्रभातका मीठा सन्देशहरु उनका भित्तामा सदैव आउने गर्थ्यो।फेसबुकमा उनको परिचय यसरी राखिएको थियो : दुर्गा दाहाल, “ अनुभव “ क्यालि ,प्रजातन्त्रवादी, सामाजिक अभियन्ता ,साहित्यकार ,शैक्षिक ब्यक्तित्वका उनले आफ्नो फेसबुकमा अन्तिम पटक जनवरी ७ बेलुकी ९ बजेर ८ मिनटमा यो अभिव्यक्ती यसरी राखेका थिए :

महामानव बी.पी कोईराला मेरा राजनैतिक गुरू हुनुहुन्छ।साहित्यमा पनि म उहाँबाट निकै प्रभावित र अनुप्राणित भएको छु। उहाँको व्यक्तित्व अनुपम र र उदाहरणीय छ।

दुरदर्शितामा उहाँको तुलना शायदै कसैसंग होला ।
नमन गर्दछु सदैव । के भन्नुहुन्थ्यो त उहाँ ।।।

ठ्याक्कै मिलेको छ तलको वाक्यांश हेर्नुहोस, कृपया

९ डिसेम्बर १९६५ मा जन्मनु भएका दुर्गाजीले अंग्रेजी साहित्यमा स्नात्कोत्तर गरेर त्रि.वि.वि.को सिनास, नेपाल ल क्याम्पसमा प्राध्यापन गर्दै विद्यावारिधी गर्नु भएको थियो । एक छोरा र छोरीका पिता दुर्गाजीले विभिन्न शैक्षिक संस्था र संचार माध्यममा काम गर्नु भएको थियो।मधुमेह रोगबाट पीडित गतवर्ष नेपाल भ्रमणको क्रममा यही रोगका कारणले डा। दुर्गा दाहालको खुट्टा काट्नु परेको थियो। उनले कविताका अतिरिक्त अमेरिकाका नेपालीहरुका बारेमा नियमित लेख्दै आउनु भएको थियो ।

यो क्रम जारी नै थियो । तर अब रोकियो भन्नु पर्ला।उनी फेसबुकमा यति सक्रिय देखिन्थे कि कतै कुनै कमेन्ट वा स्टेटस मन परेन भने तुरन्तै कडा शब्दका साथ आपक्ती जनाएर प्रतिक्रिया लेखी हाल्ने बानी थिए।

सामाजिक अभियन्ता एवम् बौद्धिक व्यक्तित्वका धनि दुर्गाजी पुष २७ गते पृथ्वी जयन्ती र एकता दिवस मनाउनका लागि जनवरी ६ का दिन आव्हानयुक्त स्टेटस राख्दै “दलभन्दा देश माथि” स्टेटस राख्नु भएको थियो र तल यो अभिव्यक्ती थियो :“ विहानीको सूर्यको किरण जस्तै उज्यालो बनोस जीवन”।

सामाजिक अभियन्ता दुर्गाजी गत वर्ष भारतको असम राज्यको गुवाहाटीसम्म पुगेर नेपाली साहित्यका सुप्रसिद्ध एवम् आप्रवासका वरिष्ठ साहित्यकार लिलबहादुर श्रेष्ठलाई अनेसासका तर्फबाट अन्तराट्रिय पुरस्कार हस्तान्तरण गर्न त्यहीँ पुग्नु भएको थियो । यो स्टेटस उनले जनवरी ५ मा फेरी राख्नु भएको थियो । उनका फेसबुक स्टेटसमा विगतका कुराहले पनि निरन्तर स्थान पाउँदै आएको थियो।

प्राध्यापक पत्रकार शान्तिका राजदूत दुर्गाजी जनवरी ५ का दिन राती १२.५१देखि बेलुकी ११.३७ सम्म १७ पटक विभिन्न विषयवस्तुका स्टेटस आफ्ना फेसबुकमा राखेका थिए । विशेष गरेर देशको अवस्थाबाट चिन्तित भएका अभिव्यक्तीहरु प्रेसित गरेका थिए । ती अभिव्यक्तीमा प्रतिनिधिसभा विघटन भएकोमा बारम्बार विरोधका शब्दहरु र बहुदलको विरोध , धर्म निरिपेक्षताको पक्षमा स्टेटस राखेका थिए।

नेपाली लायन्स क्लब, अमेरिकामा आवद्ध रहदै आएका दुर्गाजीले जनवरी ५ को साँझ ३.३७ मा अँग्रेजीमा छोटो जीवनका अभिव्यक्ती यसरी राखेका थिए।

Life is too short, to worry about stupid things
Have fun
Falls in love regret nothing & don’t Let people bring you down

उनका सिर्जनाहरुका बारेमा अध्ययन अनुसन्धान गर्न जरुरी छ । मैले थाहा पाए अनुसार गत वर्ष नेपाल भ्रमणको अवसरमा काठमाडौँमा कविता सङ्ग्रह ुअनुभवका अनुभूतिहरूु सार्वजनिक गर्नु भएको थियो । अमेरिकाका नेपालीहरुका बारेमा राज्यानुसार अध्ययन अनुसन्धान गरेर लेख्दै आउनु भएको थियो । यी सबै उनका साहित्यिक सम्पत्ती हो । यी छरपट्टिएका  रचनाहरुलाई समेटेर एउटा संग्रह प्रकाशित गर्न जरुरी देखेको छु ।

यसका लागि उनी संलग्न भएका साहित्यिक संस्थाहरुले पहल गर्न जरुरी छ । यो ती संस्थाको दायित्व पनि हो । उनी हामीबीच नरहे पनि उनका सिर्जनाका अभिव्यक्तीहरु हामी माँझ सधै बाँचिरहने छन् । प्रतिभाका धनी दुर्गाजीको जनवरी ७ राती ९ बजेर ८ मिनट भन्दा अघिसम्मका केही फेसबुक अभिव्यक्तीहरु मैले यहाँ श्रद्धास्वरुप राखेको छु ।

जनवरी ५ साँझ ४.४० मा पोष्ट गरिएको फेसबुकको उनको अन्तिम कविता :

आजका दुई कविताहरू

शीर्षक: मेरा वफ़ादार कार्यकर्ताहरू
दुर्गा दाहाल, “ अनुभव “ क्यालि
कम्युनिंष्ट पार्टी प्रतिनिधि भन्छन
“म ढुक्क छु, चुनावमा जित्छु
जेल बसेको छु, जंगली हुँ, जाल( झेल जान्दछु, सपना बाँडेको छु,
कार्यकर्ता पालेको छु, दाम दिने गर्छु
मेरा वफ़ादार कार्यकर्ता छन”

नेपाली कांग्रेस
प्रतिनिधि भन्छनस्
“म पनि जित्छु, सुतेर बसेको छु
कानमा तेल हालेको छु महलमा ढल्केको छु
हाम्रो इतिहास छ, सबैभन्दा बुढो पार्टी हो
अपवित्र गठबन्धन मेरा लागि पवित्र हो”
अन्य पार्टी प्रतिनिधि भन्छनस्
“मूला हो १ पत्ता साफ़ हुन्छ तिमीहरूको
संघीयता र धर्मनिरपेक्षताले खान्छ तिमीहरूलाई

नयाँ वर्षको आगमनको स्वागतार्थ लेखिएका अभिव्यक्तीहरु :

हामी नयाँवर्ष २०२१ मा प्रवेश गरि सकेका छौँ । पछिल्लो वर्ष २०२० बाट पनि हामीले निकै पाठहरू सिकिऊँ ।हार्दिक आभार व्यक्त गर्द्छु २०२० लाई virtual प्रविधिमा पनि निकै ठूलो छलांग मारिऊँ । विशेष गरि साहित्यिक र आध्यात्मिक क्षेत्रमा निकै प्रगति हासिल गरेका छौँ हामीले ।।।

अनुभवका दुई कविताहरू

आज म्याडिसिन, विस्कनसिनबासी साहित्यप्रेमीहरूले, विशेष गरि प्रा राजेन्द्र अर्याल र अन्य साहित्यिक मनहरूद्वारा आयोजित कार्यक्रममा वाचन गरिएका एकजोडी कविताहरू :

छत्रे र नयाँ वर्ष

छत्रे आज अलमल्ल परेको छ
उसले कतै नयाँवर्ष देखेको छैन,
सबैले उसलाई
नयाँवर्षको शुभकामना दिएका छन
तर ऊ अकमक्क परेर बसेको छ
कता, कहाँ र कसरी आयो अथवा आउँदैछ
उसलाई अत्तोपत्तो र हेक्का छैन,
छत्रे मुस्कुराउन पनि सकेको छैन
हात जोडन पनि सकेको छैन
ढाँट नेताहरूले भनेका होलान भन्ने लागेको छ
किनभने नेताहरूले झूठ बोल्छन, उसलाई पत्यार लागेको छैन ।
हिजोदेखि म प्रेममा परेँ
सत्य होला, हिजो देखि म प्रेममा परेँ
बल्ल बुझ्दैछु,प्रेम कस्तो हुन्छ,
हो १ मलाई आजदेखि कस्तो(कस्तो भएको छ
मन रमाएको छ, तन र बदन घमाएको छ
म अत्यन्त द्रवीभूत भएको छु
नाच्न नजाने पनि पग उचालेको छु,
हल्लि दिन्छु नृत्य नभए पनि
भनि दिन्छु उनको नाम गनि( गनि
२०२१ हुन उनी,अत्यन्त सुन्दर छिन

जनवरी १ तारिखका दिन मनाइने अन्तराष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा :

“मन त मेरो नेपाली हो”
आज टोपी दिवस र अंग्रेजी नयाँ वर्ष पनि ।
दुवै दिवसको हार्दिक मंगलमय शुभकामना छ र प्रेमिल संझना र नमन पनि सबै ( सबैमा १
नेपालको टोपी र अमेरिकाको टाईमा म सुसज्जित।

आफ्नी आमा र भूगोल, साहित्य संस्कृति अनि कला( कृष्टिलाई माया गर्दै गर्दा अर्काकी आमालाई घृणा गर्नु हुन्न कदापि
त्यसैगरि, आफनो नयाँवर्ष वैशाखलाई मनाउँदै गर्दा अन्यभाषा( भाषीहरूको नयाँवर्षलाई तिरस्कार अथवा अवहेलना गर्नु हुन्न ।
हामी सबैले सह अस्तित्वमा बाँच्न, रमाउन र आदर गर्न फराकिलो मन राख्नु पर्छ।

बसुधैव कुटुम्बकम
अतिथि देवो भवस्
सर्वहितायस् सर्वसुखाय ।

उनले डिसम्बर ३० का दिन अभिव्यक्त गरेका अभिव्यक्ती :

ज़िन्दगी सुन्दर छ तर कलात्मक ढंगले बाँच्न जान्नु पर्छ ।
आज पौष १५ गते १ पावनदिवस
कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती हो ।
उहाँ प्रति नमन छ र हार्दिक श्रद्धांजलि व्यक्त गर्दछु ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादका हिमायती दुर्गाजीले २०२० सालको अन्तिम रातमा दिएको उद्गार : “नया बर्ष, नया उत्साहसहित भोलीको कार्यक्रममा हामी यता हुने छौं । सबैलाई नया बर्षको हार्दिक शुभकामना ”

मैले उनलाई चिनको थिए तर नजिकता भने थिएन।उनी एकमा अनेक व्यक्तित्व भएका स्रष्टा थिए।मैले बुझे अनुसार उनलाई नाई भन्ने बानी थिएन।त्यसैले उनी सबका प्रिय थिए।

उनको देहावसानले आप्रवासी नेपाली साहित्यलाई ठुलो क्षति पु¥याएको छ।उनी निरन्तर लेख्ने स्रष्टा थिए।आप्रवासी नेपालीका बारेमा नयाँ कुराको अनुसन्धान गर्न रुचाउने र लेख्ने व्यक्ती हुनु हुन्थ्यो। उनीबाट धेरै कुरा लेखिएका छन् र तिनको खोजतलास गर्न आप्रवासका साहित्यिक संस्थाको दायित्व हो।यसका मेरो सहयोग सदैव रहने छ भन्दै मित्र दुर्गा दहालप्रति शाब्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

प्रतिक्रिया