मैले उनीहरुको पक्षमा बोल्नै छाडी दिए
जब उनीहरुले सिमा नाघे
आफु मात्र राजा बन्ने प्रयास गरे
अन्धा धुन्दा आफ्नो प्रचार गर्न लागे
कसैलाई पचोस या नपचोस
आफै म पाइत्व मै रमाउन लागे
तब मैले उनीहरुको साथ छाडी दिए
जसका बल बुताले शिखर चढे
जसका हसठे होइसेमा अघि बढे
जो बिना उनीहरुको जित निश्चित थिएन
उनीहरुको आसुमा आशु हासोमा हासो मिलाउन सकेनन
तब मैले उनीहरुको पक्षमा बोल्न छाडी दिए
सधै झुटको खेती गरेर झुपडीहरुलाई अल्मलाउन थाले
सपना बाढेर सोझालाई झुक्याउन थाले
आफ्नो अस्थित्व मेटिने डरले सधै निषेध जारी गरे
झुट लुकाउन अनेक बहाना गरे
सधै अन्धकार मै रुमलीइ दिए
तब मैले उनीहरुको साथ छाडी दिए
मैले देउता मान्दिनु पर्ने,बकम्फुसे कुरा सुनिदिनु पर्ने
हो मा हो मिलाई दिनु पर्ने
झुट पनि सत्य हो भनि दिनु पर्ने
अरु बोल्यो कि उनका जिब्रो थुति दिनु पर्ने
जति गल्ति गरे पनि ढाक छोप गरि दिनु पर्ने
उसैलाई सधै शिर्षस्त स्थानमा राखी दिनु पर्ने
तेसैले मैले उसको पक्षमा बोल्न छाडी दिए
झुठहरुमा महाझुटको किन मैले कदर गर्नु पर्ने
तेसैले त मैले उसको साथ छोडी दिए
-अर्जुन थापा
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया