माघे संक्रान्तिमा रहेको छ दुर्लभ पञ्चग्रह योग, यी राशिलाई हुनेछ शुभ

इनेप्लिज २०७७ पुष २६ गते १३:५५ मा प्रकाशित

काठमाडौँ।यो वर्षको माघे संक्रान्ति निकै फलदायी रहेको छ।यस दिन मकर राशिमा पाँच ग्रह एकै साथ रहेने भएका कारण निकै फलदायी मानिने ज्योतिषशास्त्रीले बताएका छन्।

साथै यो दिन दानको पनि विशेष महत्व हुने गर्छ।पण्डित मशेष तिवारीका अनुसार मकर सक्रान्तिमा देवताको दिनको उदय हुने र पर्वको रात मानिने गरिन्छ।

सूर्य मकर राशिमा प्रवेश गर्ने भएका कारण यसलाई उत्तरनारायण पनि भनिन्छ।यस वर्षको मकर सक्रान्तिमा पूजा पाठ,स्नान र दानको विषेश महत्व रहेको छ। जसको शुभ साइत बिहान ८ बजेर ४५ मिनेटदेखि १० बजेर ४५ मिनेटसम्म रहेको छ।त्यसपछि सूर्यास्तसम्म सामान्य पुण्यकाल हुने गर्द।यो वर्षको मकर सक्रान्तिमा सूर्य,शनि,गुरु,बुध र चन्द्रमा मकर राशिमा रहनेछन्।पाँच ग्रह एकै राशिमा गोचर हुनुलाई निकै शुभ योग मानिन्छ।

यस दिन गरेको दान र स्नान जीवनका लागि निकै पुण्य फलदायी हुने बताइन्छ।मकर सक्रान्तिका लागि बिहानै स्नान गरेर लोटामा रातो फुल र अक्षता राखि सूर्यलाई अघ्र्य दिनुहोस्।सूर्य मन्त्रको जप गर्नुहोस्।नयाँ अन्न, कंमल,तिल र घ्यूको दान गर्नुहोस्।भोजनमा नयाँ अन्नको खिचडी बनाउनुहोस् भोजन भगवानलाई समर्पित गरेर प्रसादको रुपमा ग्रहण गर्नुहोस्।

राशिमा मकर सक्रान्तिको प्रभाव थप जानकारीका लागि भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=l-gCUJ-NhI0&feature=emb_logo

प्रतिक्रिया