लक्ष्मी आचार्यको लोक गीत‘आफ्नै नाम मन पर्यो ’ सार्वजनिक
काठमाडौं।गायिका लक्ष्मी आचार्यको लोक गीत‘आफ्नै नाम मन पर्यो ’ सार्वजनिक भएको छ।आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन्।
माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ।
गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ। भिडियोमा अभिनेता राजेश हमाल,अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ।थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ।
शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन,तारा थापा‘किम्भे’को सम्पादन रहेको छ।
यस अगाडिका हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी केही पहिले गायक चक्र बमसँग सुदुर पश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीत आएको थियो।जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ ।अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मन पर्यो’गीतले पनि चर्चा पाउने उनले आस लिएकी छन्।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया