आइतबार, माघ ११ २०७७
काठमाडौं २०:३४
वासिङटन डिसी 09:49

हार्दिक श्रद्धाञ्जली

इनेप्लिज २०७७ पुष २६ गते ०:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा अनेसास वासुदेव मालती अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कारका प्रायोजकसमेत रहनुभएका साहित्यकार, समाजसेवी तथा अनेसासका ट्रस्टी डा. दुर्गा दाहाल ‘अनुभव’ को यही जनवरी ८ मा असामयिक दुःखद निधन भएको समाचारले अनेसास परिवार स्तब्ध भएको छ ।

विगत अढाइ दशकअघिदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएका डा. दाहाल नेपाली भाषासाहित्यका अतिरिक्त सामाजिक गतिविधिहरुमा पनि निरन्तर सव्रिmय हुनुुहुन्थ्यो र पछिल्ला दुई वर्षदेखि वहाँ क्यालिफोर्नियामा बस्दै आउनुभएको थियो ।

अभिव्यक्तिमा सदैव निडर र प्रस्ट वक्ताका रुपमा सुपरिचित हुनुका साथै सबैका लागि प्रिय र प्रेरणाका स्रोत बन्नुभएका डा. दाहालको पुण्यात्माको बैकुण्ठवास होस् भनी कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शोकाकूल परिवारजन, आफन्त र शुभचिन्तक सबै जनप्रति अनेसास बोर्ड अफ ट्रस्टी तथा केन्द्रीय कार्यसमिति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रकाश पौडेल ‘माइला’                                                                                 गीता खत्री अध्यक्ष, बिओटी

अध्यक्ष, केन्द्रीय कार्यसमिति

प्रतिक्रिया