मेरिल्याण्डमा एक सशस्त्रधारी व्यक्ति प्रहरीको भिडन्तमा मारिए
अमेरिकाको मेरिल्याण्ड राज्यमा बन्दुक साथमा लिएका एक सशस्त्रधारी व्यक्ति प्रहरीको भिडन्तमा मारिएका छन् । उक्त संदिग्ध र हतियार बोकेका व्यक्तिलाई साधा पोशाक लगाएका प्रहरीले मेरिल्याण्ड राज्यको गेथर्सबर्गमा गोली हानेका हुन् ।
उक्त व्यक्ति गत शुक्रबार बन्दुक प्रदर्शन गरे पछि कारवाहीमा मारिएका हुन् । गेथर्सबर्ग प्रहरी प्रमुख मार्क स्रोकाका अनुसार ६ बजे साँझ हुनु अगाडी दक्षिण फ्रेडेरिक एभेन्युको चेल्सी पार्क आवासगृह नजिक उक्त घटना भएको थियो ।
दुई प्रहरी अधिकारीहरु साधा पोशाकमा गएका थिए भने उनीहरुले उक्त संदिग्धसंग बन्दुक भएको देखेका थिए । उनीहरु त्यहा पुगे पछि उक्त व्यक्ति भागेका थिए ।
उक्त व्यक्ति भागेका र उनलाई प्रहरीहरुले पछ्याउनु परेको थियो । पछि घासे मैदानमा पछ्याउदा उनले बन्दुक देखाएका थिए । त्यसपछि प्रहरीले गोली चलाएका थिए । उनलाई धेरै पटक गोली चलाइएको थियो भने उनको त्यहाँ मृत्यु भएको थियो ।
कारवाहीमा कुनै पनि प्रहरी अधिकारीहरु घाइते नभएको प्रहरी प्रमुखले बताए । प्रहरीका अनुसार उक्त संदिग्ध व्यक्तिको पूरा बिस्तृत जानकारी नभएको र उक्त व्यक्तिसंग बन्दुक भएको कसरी प्रहरीले जाने भन्ने बारेमा पूरा जानकारी भने आई सकेको छैन भनि डब्लुटिओपीले समाचार प्रकाशित गरेको छ ।
यस घटनाको अनुसन्धान भै रहेको जनाइएको छ ।
श्रोत :डब्लुटिओपी ,तस्बिर :फक्सन्युज५
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया