आइतबार, माघ ११ २०७७
काठमाडौं २२:२४
वासिङटन डिसी 11:39

बिधटन

प्रा.डा.मेदनीप्रसाद भण्डारी २०७७ पुष २५ गते १:११ मा प्रकाशित

म फेरि बाडीएछु थाहै नपाई
म फेरि विघटित भएछु होसै नआई
यत्न प्रयत्न का अधात परिश्रमले जोडिएको मात्रै के थिए
पूर्ण रुपमा च्यातियेछु आभासनै नभई

छिमेकीहरु सलबलौउदा मेरो मन तर्सिने शताब्दिऔ देखि नै हो
म बलियो हुदा उनीहरु को निन्द्रा बिग्रेर बहुलाउने पनि युगौ देखि नै हो
मा तन्ग्रिदा दक्षिण र माहा दक्षिण बिहल भएर
दाउ हेर्दै मलाई छिर्के हान्ने गरेको पनि सामान्य नै हो
अनि मेरा सन्तान लाई पापा को लोभमा पारेर
आफै मा लडाएर खुच्चिउ खुच्चिउ गर्ने गरेको पनि युगौ देखि नै हो

म मा शान्ति अमन चयन र बिकाश का लक्ष्यण देख्दा मात्रै
उत्तर र दक्षिण मात्रै होइन पश्चिमा हरुको र पुर्बियाहरुको पनि उकुस मुकुस बढेर मेरा सन्तानलाई लडाएको पनि युगौ देखि नै हो
मेरा छाती लाई लाहु लोहन पारेको पनि शताब्दिऔ देखि नै हो

म कसलाई भनौ को सित रुनु मेरा आसुहरुमा मेरै सन्तान रमाउछन
छिमेकी कै इसारा मा आफै बाडिन्छन र अरुकै इसारामा आफैमा द्वन्द मचाउछन्

अनि शक्तिको गर्छन र बिघटन गर्छन मलाई अनि स्वयम् आफै लाई
चिरा चिरा मा बाड्छन
अनि एक अर्काको लाज खोतल्न थाल्छन

कसो कसो समालेर मा द्वन्द को घाऊ बिघटनको घाऊ निको गर्ने प्रयत्नमा हुन्छु
दक्षिण मा बेमौसमी खट्पटि उर्लन थाल्छ र एउटा प्याधा पठाऊछन
प्याधाले मेरा सन्तानले थाहै नपाई उनीहरुमा बिष संचार गराउछन
त्यसै बेला उत्तर सल्बलाउछ र उसको प्याधा पठाउछन

उसले पनि बिष बमन नै गर्छ र मेरो फोक्शो मा पानी भर्छन
मेरा धमनी मा बग्ने रगतलाई रोगि बनाउछ र मेरा सन्तान लाई दिक्भ्रमित पार्छन
अनि फेरि दक्षिण उर्लिन्छ उत्तर कुर्लिन्छ र मेरा सन्तानमा तानातान गराउछन
पश्चिमाहरु उत्साहित हुन्छन,पुर्बिया हरु उन्मादित हुन्छन

अनि मेरै सन्तानले मलाई नै लुछ्न थाल्छन तानातानमा रमाउछन
यस धरी प्राय दक्षिणले जगल्ट्यौछ र घिसार्छन
माहा दक्षिणको साथले उन्माद भै पटक पटक पछार्छन
उत्तरले पनि च्याखे थापेकै हो उसले पनि लघार्छ र पछार्छन

मेरा सन्तान हरुलाई चितरबितर बनाईन्छ बाद प्रतिबादमा बाडिन्छन
अहमता ले उन्मुक्त भएर कोहि एक तिर कुर्लिन्छन
शक्ति को आड र उन्माद ले कोहि अर्को तिर झम्टिन्छन
अनि लड्न थाल्छन एक अर्कामा

छिमेकी हरु उत्साहित हुन्छन आफ्नो सफलतामा
किनकि उनीहरु सफल भाका छन् मेरा सन्तति लाई लडाउछन्
आफ्नो आध्हेया सिधान्त भाईचारा लाई बिर्सौउछन्
बिस उन्माद मेरा सन्तति आफैमा लड्छन एक अर्का लाई नांगे झार बनाउछन
म पिल्सिन सम्म पिल्सिनछु

मेरा बाडिएका र न बाडिएका सबै सन्तान लखतरान हुन्छन
म केहि दसक लाई पछाडी थकेलिन्छु
यति बेला सम्ममा मेटिन थाल्छन भर्खर कोरिएका उन्नतिका डोभहरु
अपाङ्ग बन्छन मेरा निरपराध नानीहरु

बिबेक सुन्य भएर फेरि मेरा सन्तानले छिमेकी लाई गुहार्छन
गोहीका आँसु झार्छन क्षिमेकी
अभिस्ट पुरा हुन्छ छिमेकीको,
र आस्वासनको मोहमा जकडदछन मेरा सन्तान लाई

केहि समय शान्ति हुन्छ,
म मा शान्ति अमनचयन र बिकाश का लक्ष्यण देखा पर्न थाल्छन
म शक्ति संचय गर्छु जोडने प्रयत्न गर्छु
कुनै बिन्दुमा जोडिन्छन पनि

तर जब जब म अलिकति तंग्रिन मात्रै लागेको हुन्छु
फेरि उही इतिहास दोहोरिन्छ
छिमेकी हरु सलबलाउन थाल्छन
प्याधा हरु सक्रिय हुन्छन
मेरा लाई मै बाट छुटाउने फुटाउने र बिधटन गराउने खेल सुरु हुन्छ
फेरि पत्तै नपाई आफ्नै सन्तान को आफनै छातीमा ताण्डब भोग्न बाध्य हुन्छु
भईनै रहेको छु।

खोइ के भनौ कसरि भनौ कसलाई भनौ मेरा सन्तान लाई सम्झाई देउ भनेर
इतिहास नदोहोर्याउ भनेर
आफैमा चितर्बितर नहोउ भनेर
छिमेकि ले दिने नशा उक्त पापा को लोभमा नपर र आफुलाई नाङ्गो नपार भनेर

आस गर्छु चेत फिर्ला कि भनेर अनि आँखा चिम्म गरेर
भोलि आउने बिहानी लाई हेरेर पुन आस गर्छु
फेरि यो इतिहास नदोहोरियोस भनेर
फेरि यो इतिहास नदोहोरियोस भनेर ।।

-प्रा.डा. मेदनीप्रसाद भण्डारी

 

प्रतिक्रिया