फ्लोरिडामा जनसम्पर्क समितिको वनभोज
फ्लोरिडा,अमेरिका,जनवरी ७।नयाँ वर्ष २०२१ को अवसर पारेर नेपाली जनसम्पर्क समिति,अमेरिका,साउथ फ्लोरिडा च्याप्टरले यहाँ एक भेटघाट एवं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।नयाँ वर्षको पहिलो दिन गत शुक्रवार समितिले शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरको जानकारी च्याप्टरका अध्यक्ष अविनाश नायकले दिएका छन्।
एक स्थानीय पार्कमा आयोजित कार्यक्रममा च्याप्टर समितिका परिवार र अन्य शुभेच्छुकहरु सहभागी थिए।वनभोजको रमाइलो संगै विभिन्न मनोरन्जनात्मक कार्यक्रममा समेत आयोजना गरिएको थियो।सोही क्रममा आयोजना गरिएको कायाकिङ्ग खेलमा प्रथम हुने च्याप्टर सचिव सुशान्त तिवारीलाई च्याप्टरका तर्फबाट सम्मान समेत गरिएको अध्यक्ष नायकले बताए।वनभोजलाई मनोरन्जनात्मक बनाउनका लागि च्याप्टर कार्य समितिका सबैले सहयोग गरेका थिए।
वनभोजमा अध्यक्ष अविनाश नायक,उपाध्यक्ष सुजन धिमाल,सचिव सुशान्त तिवारी,सह-सचिव आरती तिमल्सिना,कोषाध्यक्ष अन्जु खतिवडा,सदस्य माधव तिमल्सिना लगायत अन्य सदस्य र शुभेच्छुकहरु सहभागी थिए।च्याप्टर अध्यक्ष नायकले सबैलाई नयाँ वर्षको शुभकामना सहित धन्यवाद व्यक्त गरेका थिए।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया