उर्लाबारी।मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १८ बर्षीय सन्दिपभण्डारीको रहस्यमय मृत्यु भएको भन्दै पीडित परिवारले नेकपा (ओली समूह) का
केन्द्रीय सदस्य युवराज वास्कोटालाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
सोमबार हाम्रो मतसँग कुराकानी गर्दै सन्दिपका बुवा गोपाल भण्डारीले नेताबास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग
गरेका हुन् । नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाईपक्राउ गरी अनुसन्धान नगरेको उनले आरोप लगाए । उनले सत्यतथ्य बाहिर
ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए । केही समयदेखि छोरालाईविभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा
मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ।
बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको रआफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए।घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनिप्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए।आफूहरुले बास्कोटाविरुद्ध किटानी जाहेरी दिएको सन्दिपका दाजु दिवस भण्डारीले बताए।अहिलेसम्म वास्कोटा पक्राउ नपर्नुले पनि प्रहरीकै मिलोमतो हुन सक्ने उनले आशंका गरे।
दोषी हो वा होइनअनुसन्धानबाट खुल्ने हो तर,खोई अहिलेसम्म बास्कोटा किन पक्राउ परेनन्दिवशले प्रश्न गरे।बास्कोटा खराब ब्यक्ति भएको र उनीसँग हिमचिम नगर्नभाईलाई पटक पटक भनेपनि नमानेका कारण यो घटना भएको उनको भनाई छ।पौष १४गते विहान नेता बास्कोटाको घरमा भण्डारीको सुतेकै ठाउँमा मृत्यु भएको थियो । यसविषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिपकुमारगिरीसँग बुझ्न सम्पर्क गर्दा फोन उठाएनन् ।
प्रतिक्रिया