भर्जिनियाको स्टरलिङ्गको वालमार्टमा सहायक प्रहरी सहित ३ जनालाई गोली प्रहार गर्ने पक्राउ
भर्जिनियाको स्टरलिङ्ग शहरमा सहायक प्रहरी सहित ३ जनालाई गोली प्रहार गर्ने संदिग्धलाई पक्राउ गरिएको छ । गत शनिबार दिउसो स्टरलिङ्गको वालमार्टमा चोरी गरेको कारण उक्त संदिग्धलाई लाउडन काउन्टीको हिरासतमा लिइएको छ ।
उक्त संदिग्ध व्यक्तिले समान चोरी गरेको देखे पछि उनलाई पक्रन जाँदा दुई अधिकारी तथा सहायक प्रहरीहरुलाई गोली चलाएका थिए । उक्त संदिग्ध त्यहाबाट भागेर जाँदै गर्दा प्रहरीले उनलाई गोली चलाएका थिए ।
गोली हान्दा पनि उक्त संदिग्ध कसैको मालबाहक गाडी(ट्रक) लिएर भाग्न सफल भएका थिए । तर उनलाई फेयरफ्याक्स काउन्टीका प्रहरीले पछ्याका थिए । र अन्त्यमा उक्त संदिग्ध व्यक्ति दुर्घटनामा परे पछि उनलाई पक्राउ गरिएको थियो । उनलाई अस्पताल लागिएको थियो ।
उक्त संदिग्धको गोली प्रहारबाट दुई कर्मचारी र एक सहायकलाई अस्पताल लागिएको थियो । गम्भीर भएता पनि जोखिममुक्त रहेको जानकारी प्रहरी माइकल च्यापम्यानले बताए ।
उक्त संदिग्धको नाम सार्वजनिक गरिएको छैन भने उनलाई लगाइने अभियोग आज सार्वजनिक गरिने बताइएको छ । उक्त संदिग्ध स्पानेली पुरुष भएको ,पछाडी कपाल सानो चुल्ठो बनाएको प्रहरीले हल्का हुलिया बताएका छन् ।
श्रोत :डब्लुटिओपी
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया