सुनिल र मेलिनाको ‘दिउँला माया तिमीलाई’को चर्चा, भिडियो ट्रेण्डिगंमा

इनेप्लिज २०७७ पुष १८ गते २१:०७ मा प्रकाशित

काठमाडौँ । सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता हिट गीतका गायक सुनिल गिरीको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । ‘ सार्वजनिक भए लगत्तै ट्रेण्डिगंमा आएको छ।

‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो । यो समाचार तयार पार्दा सम्म भिडियो लाई ५ लाख बढी दर्शकले हेर्दै ट्रेण्डिगंको आठौँ स्थानमा रहन सफल भएको छ।तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँ कोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ।भिडियो रिलिज गरिएको १ दिनमा नै ट्रेण्डिगंमा पर्न सफल भएको छ।यो समाचार तयार पार्दासम्म भिडियो २ लाख बढीले हेरेका छन्।

बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन्।सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ।

सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ।मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन्। भिडियोमा बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको छ ।

प्रतिक्रिया