ट्रम्पद्वारा विविधता चिट्ठा(डिभी )परेका तथा अन्य प्रवेशाज्ञालाई मार्च सम्म प्रतिबन्ध
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर ३१ का दिन सम्म प्रतिबन्ध गरेको भिसा (प्रवेशाज्ञा)लाई आगामी मार्च ३१ ,२०२१ सम्म विस्तार गरेको छ । अर्थात् महामारीको कारण देखाई डिसेम्बर ३१ सम्म प्रतिक्षामा बसेका लाखौ मानिसहरु उक्त प्रतिबन्धमा परेका छन ।
ट्रम्प प्रशासनले थप ९० दिनको लागि उक्त विभिन्न प्रवेशआज्ञा हुने र प्राप्त गरि सकेका समेतलाई अमेरिका प्रवेश गर्न स्वीकृत नदिने भएको छ ।
ट्रम्पको मूल आदेशको म्याद सकिने समय सुरु हुनु केही घण्टा अगाडी ह्वाइट हाउसले घोषणा जारी गरेको थियो । नतिजा स्वरूप, विभिन्न प्रवेशाज्ञामा आप्रवासीहरूको प्रवेश मार्च ३१ सम्ममा प्रतिबन्धित हुनेछ यदि आगामी बाइडेन प्रशासनले यसलाई रद्ध गरेनन भने ।
नेपालमा विविधता चिट्ठा(डिभी)परेर हातमा प्रवेशाज्ञा लिएर डिसेम्बर ३१ सम्म प्रतिक्षारत रहेका सबै नेपाली समुदायलाई समेत असर परेको छ । यसले सबैलाई दुखित तुल्याएको छ भने बाइडेन प्रशासन प्रति उच्च अपेक्षा र भरोसा गरेका छन् ।
संचार माध्यमका अनुसार निर्वाचित राष्ट्रपति जो बाइडेनले जनवरी २० मा सपथ ग्रहण लिए पछि दर्जनौ कार्यकारी अधिकारी घोषणा गर्ने सम्भावना रहेको जनाएका छन् । तर ,यसलाई समय लाग्न सक्ने छ किनभने उनको ध्यान कोरोनातर्फ छ र पूर्ण प्राथमिकतामा राखेका छन् ।
“२०१९ को कोरोनाभाइरस (कोभिड-१९) ले अमेरिकीहरूको जीविकोपार्जनमा ठूलो बाधा पुर्याइरहेको छ,” व्हाइटहाउसमा घोषणा गरिएको बिज्ञप्तिमा भनिएको छ। उक्त घोषणामा संयुक्त राज्य अमेरिकामा गत नोभेम्बर महिनामा कुल बेरोजगारी दर ६.७ प्रतिशत रहेको भने गत अप्रिल महिनामा उच्च रहेको जनाएको छ ।
निलम्बन हुनेहरुमा एच-१ बि ,एच-२ बी ,एच-४ बि,एल-१ र केही जे-१ प्रवेशआज्ञामा लागू हुनेछ । उक्त आदेशबाट प्रभावित सबैभन्दा ठूलो कार्यक्रम एच-१ बि प्रवेशआज्ञा हो, जसका प्राप्तकर्ताहरू प्राविधिक उद्योगमा दक्ष श्रमिकहरू हुन् जो संयुक्त राज्य अमेरिकामा धेरै वर्षसम्म बसोबास गर्न सक्छन ।
एच-२ बी भिसा मौसमी कामदारहरूमा लागू हुन्छ र एच-४ भिसा धारकको पति या पत्नीलाई दिइन्छ।
यस्तै गरि जे -१ भिसा अन्वेषकहरू,विद्वानहरू र अन्य विशेष वर्गहरुलाई जोडीहरूलाई दिइन्छ, जबकि एल -१ भिसा संयुक्त राज्य अमेरिकामा समान रोजगारदातासँग विदेशबाट स्थानान्तरण गर्ने कार्यकारीहरूको लागि हो।
उक्त आदेशलाई २०२१ सम्म विस्तार गर्न ट्रम्पले दबाबको सामना गर्नु परेको थियो । उनका केही निश्चित सहयोगीहरूले उनलाई अर्थव्यवस्था अझै महामारीबाट पूर्ण रूपमा ठिक हुन सकेको छैन भनि ध्यान आकर्षण गराएका थिए ।
श्रोत :द हिल डटकम
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया