देश दुख्छ

अर्जुन थापा २०७७ पुष १७ गते २:२७ मा प्रकाशित

यहाँ हरेक देब्रे छातीमा देश दुख्छ
मुग्लानमा होस या रेगिस्तानमा
सुर्योदयको देशमा होस् या सुर्य अस्तका देशहरुमा
राइफलमा होस् यस भेड़ी गोठमा
यहाँ हरेक देब्रे छातीमा देश दुख्छ

प्रभातमामा होस् या सन्ध्यामा
दिवामा होस् या रात्रीमा
सपनीमा होस् या विपनीमा
हरेक पल हरेक प्रहर
हरेक छातीमा देश दुख्छ

पाखोबारी दुख्छ खेतका गरा दुख्छ
बगर दुख्छ, डगर दुख्छ
सगरमाथा दुख्छ ,समथल तराइ दुख्छ
मेची दुख्छ, काली दुख्छ
बुद्ध दुख्छ ,सिता दुख्छ
यहाँ हरेक छातीमा देश दुख्छ

जब जब देशको समाचार सुनिन्छ
अनि झन् देश दुख्छ
जब गिद्धले झैँ लुछेको देखिन्छ
अनि बेवारिसे लाग्छ
मानविय चेत हराएकाहरुले जब राज चलाउछन
तब झन देश दुख्छ

साहुको ऋण तिर्न बिरानीएका
खेतबारी उकास्न घर छाडेका
कलिला लालाबालाको मुहारमा
लाली छर्न लाहुरे भएका
सबै सबैमा देश दुख्छ
तर जो देशमै छन
तिनमा पद दुख्छ ,कुर्सी दुख्छ
शिर्षस्त हुने लहड दुख्छ
र त यहाँ देश दुख्छ
बिरानो मरभुमिमा देश दुख्छ
हो यहाँ हरेक देब्रे छातीमा देश दुख्छ

 

प्रतिक्रिया