कनेक्टिकटका गायक केशब शर्मा दाहालको स्वर र मेलिना राईको साथमा ‘चौतारीमा बसौन पियारी’गीत सार्वजनिक

इनेप्लिज २०७७ पुष ११ गते ०:३८ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यको पश्चिम हार्टफोर्टमा बसोबास गर्दै आएका गायक केशब शर्मा दाहालको स्वर र चर्चित गायिका मेलिना राईको साथमा ‘चौतारीमा बसौन पियारी’ नामक गीत सार्वजनिक भएको छ ।

नेपाल ताप्लेजुंग घर भै कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका दाहाल बेलाबेलामा कार्यक्रम प्रस्तुत गरि रहन्छन । गायक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता अर्जुन दाहालसंग बेलाबेलामा गीत संगीत प्रेमीहरुका लागि सांगीतिक कार्यक्रम पस्कने गर्दछन् । उक्त जोडीको प्रस्तुति धमाकेदार हुने गर्छ ।

चौतारीमा बसौन पियारी नामक गीत क्रिसमस कै दिन सार्वजनिक भएको हो । उक्त गीतमा गायक स्वयमको स्वर रहेको छ भने अहिलेको चर्चित र लोकप्रिय गायिका मेलिना राईसंग गाएका छन् ।

उक्त भिडियो(श्रब्यदृश्य)उनको आफ्नो आधिकारिक युट्युबबाट निकालेका हुन् । गीतमा कालकारहरु निरन्जन प्रधान र अलिशा राईले अभिनय गरेका छन् । शब्द राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत रञ्जन राज शिवाकोटीले दिएका छन् ।

गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया