देशका नेताको चालामा दुई शब्द-मुक्तक

शारदा क्षेत्री,न्यूयोर्क २०७७ पुष १० गते २१:२२ मा प्रकाशित

१) करोडको गाडि बडिगार्ड छोडेर रोडमा छन् नेता ।
हातमा प्लेकार्ड बोकेर र्यालिको बेजोडमा छन् नेता।।
भुपु प्रम,मन्त्रीलाई के पुगेन लाजको पसारो बनाउदै ।
कुर्सी,पोष्टको भागबन्डा नमिल्दा भागदौडमा छन् नेता।।

२) के पुगेन कस्को लागि प्लेकार्ड बोकि आए रोडमा ।
१७ हजार मान्छे मारेको पाप पखाल्न धाए रोडमा ।।
शर्म पनि नमानि लाजको पसारो चाला हेर जनता ।
अर्ब खर्ब को भ्रष्ट हत्या हिंसा गर्नेले के देखाए रोडमा ??

३) आफू र आफ्नो मान्छे लाई कमाउनिमा हुनु पर्ने।
ठुलो पोष्ट भ्रष्टाचार गरेर समाउनिमा हुनुपर्ने ।।
जति ठुला काण्ड घटाएपनि नेतालाई छुट छ ।
अर्ब खर्बको सदुपयोग पाँचतारेमा रमाउनिमा हुनुपर्ने ।।

प्रतिक्रिया