लोकप्रिय गायक रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ सार्बजनिक

इनेप्लिज २०७७ पुष ९ गते २२:५८ मा प्रकाशित

काठमाडौँ – लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ।भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो।गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्।

प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने,रिन्चु क्षेत्रि, पवन बराईली र रेणु लिम्बुलाइ फिचर्ड गरिएको छ।नीर कुमारी विश्वकर्मा (सविना) द्वारा निर्मित यस भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ । भिडियो हेर्नुहोस

प्रतिक्रिया