घन्टा

यादवराज जोशी २०७७ पुष ८ गते २:४३ मा प्रकाशित

म घन्टा हुन्छु
सबैले सोध्छन कति हान्छस घन्टा ?
हो म घन्टा हान्छु
मैले घन्टा हाने नी
घन्टा नहाने नी
अरूलाई के को टन्टा
मिल्दा सम्म हान्ने हो
सक्दा सम्म हान्ने हो
घन्टा
कसैलाई बाल हो -घन्टा
मलाई त माल हो -घन्टा
घन्टा मिले जयराम
नमिले जाबो -घन्टा
म कहिल्यै भन्दिन
तर पनि
घन्टाको रालो झै लत्रिएकै छ
मरनच्यासे अनुहार
अनि
कहा पाउनु भने जति हान्न घन्टा
घन्टा मिले माल
नमिले कूमाल
यो घन्टा
त्यो घन्टा
सोच त
घन्टा एउटै हो
एउटा बज्छ
अर्कोले बजाउछ
आखिर घन्टा न हो
टिंड टिडं नबजी छाडदैन
हान्नेको पनि
नहान्नेको पनि
त्यसैले मस्त घन्टा हानौ
आखिर समय त बिताउनु नै छ
काल पर्खिनु नै छ
तसर्थ
हानौ मस्त घन्टा
बजाउ मस्त घन्टा
भोली हुने छैन टन्टा
मिलाएर हाने घन्टा
जय घन्टा

यादवराज जोशी
वासिंटन डिसी, अमेरिका ।

प्रतिक्रिया