सुनसरी जिल्लालाई सडक मानवमुक्त बनाउन वृहत कार्यक्रम हुने

इनेप्लिज २०७७ पुष ७ गते २२:४६ मा प्रकाशित

विराटनगर,७ पुस।सुनसरी जिल्लालाई सडक मानव मुक्त वनाउन आगामी पुस १० गते इटहरीमा वृहत कार्यक्रम गरिने भएको छ।

प्रदेश नं १ सरकारले प्रदेशलाई सडक मानवमुक्त वनाउने अभियान अन्र्तगत सुनसरी जिल्लामा यही पुस १० गते कार्यक्रम गर्न लागेको हो।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,सुनसरीका स्थानीय पालिकाहरु र मावन सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडकमानवमुक्त वनाउन लागिएको जानकारी दिनु भयो।

इटहरीमा हुने कार्यक्रममा सुनसरीका १२ बटा पालिकाका सडक मानवहरुलाई भेला गराएर नुहाइदिने,केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोजको कार्यक्रम गरिने भएको छ।

उपप्रमुख गौतमले सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे,सुनसरीका १२ बटा स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहने छ।सडक मानवहरुलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ।

प्रतिक्रिया