दुई अध्यक्षले बोलाए छुट्टाछुट्टै बैठक, आज फुट्न सक्छ नेकपा ?

इनेप्लिज २०७७ पुष ७ गते ११:०३ मा प्रकाशित

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन्।दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन्।र यसैको सिलसिला अन्तरगत मंगलबार समानान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रचण्ड-माधव नेपाल समूहले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेताहरुले बताएका छन्।प्रधानमन्त्री ओलीले विहान ९ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेका छन्।ओलीले सम्भवत केन्द्रीय कमिटीबाट केही नेताहरुलाई कारबाही गर्ने निर्णय गर्न सक्नेछन्।

नेताहरुका अनुसार मंगलबार दुबै पक्षको केन्द्रीय कमिटीले फुटलाई औपचारिकता दिनेछन्।असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद फुटतर्फ उन्मुख भएको हो । नेताहरुका अनुसार कुनै उथलपुथल नभए भोलि ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्षले एकअर्कालाई कारबाही गरेर पार्टी विभाजनलाई औपचारिकता दिने सम्भावना छ । हेर्नुहोस पुस ७ गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया