शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:२८
वासिङटन डिसी 16:43

एफएक्सए भकुण्डो प्रतियोगितामा पहिलो पटक नेपाली टोली -युनाइटेड नेप्लिज फुटबल टोलीको बिजयी

इनेप्लिज २०७७ पुष ६ गते २३:५७ मा प्रकाशित

उत्तर भर्जिनियामा स्थापित एफएक्सए स्पोर्ट्स द्वारा संचालित एफएक्सए भकुण्डो प्रतियोगितामा पहिलो पटक नेपाली भकुण्डो टोली -युनाइटेड नेप्लिज फुटबल टोलीले बिजयी हासिल गरेको छ । उक्त प्रतियोगिता जित्ने युएनएफसी पहिलो नेपाली टोली बन्न पुगेको छ ।

गत आइतबार डिसेम्बर २० का दिन भर्जिनियाको फेयरफ्याक्समा सम्पन्न भएको अन्तिम खेलमा युएनएफसीले इन्टरस्टेलर एफसीलाई हराई प्रतियोगितामा बिजयी भएको हो । उक्त खेलमा १२ वटा टोलीहरु सहभागी भएका थिए ।

युएनएफसीले उक्त प्रतियोगितामा १० वटा टोलीलाई हराउन सफल भएको थियो भने एक खेल बराबर र एक खेल पराजित भएको थियो । गत आइतबार सम्पन्न अन्तिम खेल(फाइनल)मा १-१ भए पछि पेनाल्टीमा इन्टरस्टेलर बिरुद्ध युएनएफसीकले ८-७ गोल भै बिजेता बन्न सफल भएको छ ।

युएनएफसी भकुण्डो टोली नियमित रुपमा शनिबार फल्स चर्च माध्यमिक बिद्यालयमा बिहान ८ बजे अभ्यास गर्ने गरेको छ । उक्त टोलीलाई प्रेम भण्डारी अर्थात् कुल होम्सले प्रयोजन गरेको छ ।

युएनएफसी भकुण्डो टोलीमा टोली प्रमुख (क्याप्टेन)एलेक्स बस्नेत,पियुस घिमिरे(क्याप्टेन),मदन बस्ताकोटी,जेनिस न्यौपाने,सार्थक दाहाल,बिराज गौतम,रोशन ढकाल,रौनक भण्डारी,रिशब कुमार,रोशन घिमिरे,सन्दिप नेवार ,बरदान गुरुङ,सम्राट बस्नेत,मनिष बस्ताकोटी,प्रतिक दाहाल,सचिन थापा,सुमेश आचार्य,टेनिस कटुवाल,सौगात अधिकारी,एल्फेंसो बाल्सेरा,विल्सन क्लाउर,दिपिन सिंह,निरजबुढा ,आयुष पोख्रेल ,सुवम महत र अनिमेष आचार्य रहेका छन् ।

युनाइटेड नेप्लिज फुटबल टोलीलाई प्रायोजक कुल होम्स (प्रेम भण्डारी ) ले गर्नुभएको थियो ।

 

सबै नेपाली मुलका खेलाडीहरु दोश्रो पुस्ताका हुन् भने नेपाल बाट सानामा आएका र यही जन्मेका समेत रहेका छन् ।

बिजयी टोलीलाई ईनेप्लिज परिवारबाट बधाई !

प्रतिक्रिया