मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:५९
वासिङटन डिसी 14:14

निर्वाचित राष्ट्रपति बाइडेनले खोप लगाए

इनेप्लिज २०७७ पुष ६ गते २२:०८ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेनले सोमबार दिउँसो सावर्जनिक रुपमा प्रत्यक्ष प्रसारण कार्यक्रममा फाइजर र बायोटेकद्वारा निर्मित कोरोनाभाइरस खोपको पहिलो मात्रा लगाएका छन् ।

उनले अमेरिकीहरूलाई खोपको सुरक्षाको आश्वासन दिए । बाइडेनले आफ्नो देब्रे हातमा लगाए । उनले उक्त खोप डेलावेयरको नेवार्क स्थित क्रिस्टियानाकेयरको क्रिस्टियाना अस्पतालमा लगाएका हुन् । उनलाई उक्त अस्पतालकी स्वास्थ्य सेवाकी प्रमुख ताबे मासेले लगाई दिइन ।

“हामीहरू यिनीहरुसंग अत्यन्तै ऋणी छौ ,” बाइडेनले खोपको विकास ,वितरण र अग्रपंक्तिमा स्वास्थ्यमा संलग्न व्यक्तिहरूलाई धन्यवाद दिँदै भने।

“मलाई लाग्छ कि यो लायक हो यो भन्नु महत्वपूर्ण छ, ठूलो आशा हो। चिन्ता गर्नु पर्ने केही छैन। म दोस्रो खोपको लागि प्रतिक्षा गर्दैछु ; “जिल (उनकी पत्नी )पनि त्यस्तै छिन ” बाइडेनले भने।

श्रोत :सिएनएन

प्रतिक्रिया